-->
रिक्सा चालकले फिर्ता गरिन भेट्टाएको ५० हजारसहित गरगहना
Advertisement

असार १३। दाङ – तुलसीपुरमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेट्टाएको नगद ५० हजार रुँपैया फिर्ता गरेकी छन् । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले काठमाडौं निवासी सीता आचार्यको नगद ५० हजारसहित झोलामा रहेको गरगहना सोमवार विहान फिर्ता गरेकी हुन् ।
आईतवार बेलुका काठमाडौंबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको बिरेन्द्र चौकबाट आफन्तजन कहाँ तुलसीपुर–६ रजौरा जानको लागि अटोरिक्सा प्रयोग गरेकी थिइन् ।
चालक श्रेष्ठले सोमवार विहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमका बीच आफूले फेला पारेको नगदसहित गरगहना र महत्वपूर्ण झोला रहेको सम्पूर्ण सामानहरु फिर्ता गरेकी हुन् ।
सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेशाप्रति इमान्दार बन्न आग्रह गरिन् । ‘सामान हराउँदाको पिडा कस्तो हुन्छ मैले त्यो पिडा राम्रोसँग अनुभव गरेकोे छु । भेट्टाए भन्दैमा कसैको पैसा पनि सित्तैमा खानु पाप हो ।’
उनले सोमवार बिहान रिक्सा सफा गर्दै गर्दा फेला पारेको झोलामा नागरिकता, केहि लत्ताकपडा, गरगहना र औषधी देखेपछि तत्कालै खबर गरेर रकम फिर्ता गर्न मन लागेको बताईन् । उनले इमान्दारीता सबैभन्दा ठूलो मानविय गुण भएको बताईन् ।
उनले थपिन्, ‘कसैले देखेको छैन भन्दैमा कसैको चिजवस्तु लुकाउने वा छिपाउने नियत राख्नु गलत हो, कसैले नदेखेपनि भगवानले हेरिरहनुभएको हुन्छ । आफूले फेला पारेको नगद ५० हजार, गरगहना र महत्वपूर्ण कागजात सम्बन्धित व्यक्तिलाई दिन पाएकोमा सन्तुष्टि छु ।’
यसैबीच आफ्नो नगद ५० हजार र गरगहनासहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको त्यस्तै फिर्ता गरेकोमा आचार्यले उनलाई धन्यवाद दिएकी छन् । आचार्यले भनिन्, ‘महिलाहरु साधन चलाउँदा कतिपयले खिस्सी गर्नेहरु पनि छन् तर आजको घटनाले महिलाहरु इमान्दार हुन्छन् अनि दयालु हुन्छन् भन्ने प्रमाणित गरिदिएको छ ।’
उनले यसले समग्र महिलाहरुको इज्जत र प्रतिष्ठा बढाएको टिप्पणी गरिन् । सो अवसरमा आचार्यले चालक श्रेष्ठलाई इमान्दारिता देखाएको भन्दै पुरस्कार स्वरुप नगद प्रदान गरिन ।- रातो पाटी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.