भारतको बिहार राज्यमा राज्यस्तरीय विद्यालयको परीक्षामा चोरी गरेको आरोपमा एकजना छात्रालाई दुई हप्ताको जेल सजाय दिइएको छ।
आफ्नो विषयमा सर्वोत्कृष्ट नतीजा ल्याएकी रुबी रायले पुनर्परीक्षा उत्तीर्ण गर्न नसकेपछि उनलाई आइतबार गिरफ्तार गरिएको हो।
उनले ‘पोलिटिकल साइन्स’ शब्दलाई राम्रोसंग उच्चारण गर्न नजानेको र त्यो शब्द खाना बनाउनुसंग सम्बन्धित ठानेको एउटा भिडियोमा देखिएपछि अधिकारीहरु सशंकित बनेका थिए।
१७ वर्षीय रुबी राय बिहारमा राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन्।
पुनर्परीक्षामा अनुत्तीर्ण
तर एउटा भिडियो अन्तर्वार्तामा उनले आफ्नो मुख्य विषय राजनीति शास्त्र खाना बनाउनुसंग सम्बन्धित भएको बताइन।
उक्त भिडियो ठूलो संख्यामा मानिसले हेरेपछि रायलाई फेरि परीक्षा दिन लगाइएको थियो।
उक्त परीक्षामा उनी अनुत्तीर्ण भएपछि उनलाई गिरफ्तार गरिएको थियो र उनको नतीजा रद्द गरिएको थियो।
आइतबार उनलाई अदालतमा हाजिर गराइएको थियो र न्यायिक अधिकारीले उनलाई आगामी जुलाई महिनाको ८ तारिखसम्का लागि जेल पठाएका छन्।
आलोचना
उनी नाबालिग भएकाले उनलाई किशोर किशोरीलाई राख्ने ठाउँमा पठाचनुपर्ने भन्दै उनलाई जेल सजाय दिने निर्णयको आलोचना गरिएको छ।
बिहार राज्यका एकजना मन्त्रीले अधिकारीहरुले विद्यार्थीहरुलाई दण्ड दिने होइन, शिक्षा प्रणालीलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्।
रायको पुनर्परीक्षा लिएका परीक्षकहरुले उनको काम देखेर छक्क परेको बताए।
कवि तुलसीदासको बारेमा निबन्ध लेख्न भन्दा उनले “तुलसीदास जी प्रणाम” मात्रै लेखेकी थिइन्।
उत्कृष्ट नतीजा ल्याउने अरु थुप्रै विद्यार्थीका नाममा गिरफ्तारीको वारेन्ट जारी गरिएको छ।
उक्त प्रकरणका कारण यसै महिना सो राज्यको विद्यालय परीक्षा बोर्डका प्रमुखले राजीनामा दिएका थिए।-bbc.com



0 comments
प्रतिक्रिया दिनुहोस्...