असार ७
काठमाडौं–सात वर्ष अफगानिस्तानमा बसेर वैशाख दोस्रो साता घर फर्केका लमजुङको अर्चलबोट–९ साँखरका अमृतबहादुर थापा एक महनिा गाउँमा बसेर पुनः अफगानिस्तान नै फर्किए ।
सात वर्ष बिताएर गत जेठ १६ गते अफगानिस्तान फर्किएका उनको एक महिना नपुग्दै ज्यान गएपछि साँखर गाउँ शोकमा डुबेको छ ।
अफगानिस्तान असुरक्षित छ भन्ने खबरले श्रीमती दुर्गा सुयेंल थापा बारम्बार चिन्तित हुन्थिन् ।
‘श्रीमानलाई गाउँमै बस्नुस, यतै दुःखसुख गरेर बसौला भनेकी थिएँ, उनले रुँदै भनिन्, ‘डाक्टर पढेको छोरालाई हामीले खर्च गर्नुपर्छ भन्नुहुन्थ्यो । हामीले दुःख गरेर पनि छोराछोरीलाई सकेजति पढाउनुपर्छ भन्नुहुन्थ्यो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
ratopati



0 comments
प्रतिक्रिया दिनुहोस्...