-->
पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे
Advertisement

७ असार, काठमाडौं ।  एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि बिभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजिनामा दिन थालेका छन् ।

दुई महिनामा २२ जनाले राजिनामा दिएका आजको नयाँ पत्रिका देनिकले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले गोमा एयरका को-पाइलट बिशाल कार्कीलाई पक्राउ गरेको थियो । आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्यापसबाट नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए ।

कार्की पक्राउ पछि अन्य पाइलटहरुले पनि धमाधम राजिनामा दिन थालेको सिआबीका निर्देशनक डिआइजी नवराज सिलबालले बताए ।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेजस्तै पाइलट पेसामा पनि त्उस्तै प्रवृत्ति देखिएको थियो ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.