-->
चितुवाको छालासहित दुई जना पक्राउ
Advertisement

बर्दियाको भुरीगाँउ बजारबाट प्रहरीको टोली एक थान चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। 
 
मध्यपश्चिम अनुसन्धान समूह आरटीआई सुर्खेतको टोली र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरीको टोलीले दुई जनालाई बर्दियाको भुरीगाउँबाट प्रहरीले पक्राउ गरेको हो। 
 
गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले प्लाष्टिकको झोलामा चितुवाको छाला राखेर कैलालीबाट पूर्वतर्फ पैदल जाँदै गर्दा भुरीगाउँ बजारबाट दुई जनालाई पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले दिए। पक्राउ पर्नेमा कैलाली लम्की चुहा नगरपालिका–१ का १९ वर्षीय कमल शाही र सोही ठाउँका १८ वर्षीय लोकजन विक छन्। चितुवाको छालासहित शनिबार साँझ ६ बजे पक्राउ गरेको बोहराले बताए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.