कालिकोट, १२ असार । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको कालिकोट जिल्ला अधिवेशनमा झडप भएको छ । झडपका क्रममा एक प्रहरीसहित दुई जना घाइते भएका छन् । झडपमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चौथो जिल्ला अधिवेशनको बन्दसत्रका क्रममा सभापति देउवा र वरिष्ठ नेता पौडेल प्यानलबीच झडप भएको हो । झडपमा देउवा पक्षीय नेता भिम शाही र प्रहरी जवान प्रकाश बुढा घाइते भएको प्रहरीले जनाएको छ । जवान बुढाको ओठमा चोट लागेको छ । उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।
पौडेल पक्षका युवाहरुले बियरको बोत्तलले आक्रमण गरी घाइते बनाएको प्रहरीको भनाई छ । शाहीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई जिल्ला अस्पताल कालिकोटमा सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाइएको बताइएको छ । झडप पछि प्रहरीले दरुण दलका ६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको बताइएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...