१२ असार, चाङ्गसा (चीन) ।
चीनको हुनान प्रान्तमा आइतबार बिहान एक यात्रामा गइरेहको बस विस्फोट भई आगलागी हुदाँ कम्तीमा ३० व्यक्तिको मृत्युभएको छ ।
स्थानीय अधिकारीले सो घटनाको पुष्टि गरेका छन् । आइतबार विहान १०ः२० मा भएको यस घटनाको समयमा सो बस ५६ जना यात्रु सवार रहेका जनाइएको छ ।
बस आगलागिको कारण तेल चुहावट हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएका २१ व्यक्तिलाई उचारार्थ अस्पताल लगिएको बताइएको छ । उद्धारकार्य अझै पनि जारी रहेको बताइएको छ । रासस÷सिन्ह्वा
nepaliheadlines



0 comments
प्रतिक्रिया दिनुहोस्...