-->
काबुलबाट १२ नेपालीको शव लिएर उडेको विमान काठमाडौंमा अवतरण
Advertisement

काठमाडौं, ८ असार । काबुल घटनामा मारिएका १२ नेपालीको शव बोकेर काबुलबाट आएको नेपाल वायुसेवा निगमको विमान काठमाडौं आइपुगेको छ ।

विमान भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

विमानमा १२ नेपालीको शवसहित २४ जना कामदारलाई काठमाडौं ल्याइएको छ ।

सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा १२ नेपाली मारिएका थिए भने ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि दिल्ली लगिएको छ ।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.