-->
शवका बाकस अोराल्दा शोकमग्न बन्यो विमानस्थल
Advertisement


काठमाडाैं-अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा अोरालिएको छ। बाकसमा १२ वटा शव विमानबाट अोराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आँखा रसाए।

नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट अोरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा अोली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।

काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा अोर्लियो, परिवारको रूवावासले विमानस्थलको वातावरण एकाएक भावविव्हल बन्यो।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.