-->
एप्पललाई फेरि समस्या, अाइफोनका दुई मोडल बिक्री गर्न रोक
Advertisement

एप्पलले चीनमा फेरि समस्या भोग्नुपरेको छ। चीनको बेइजिङमा आइफोन सिक्स र सिक्स एस प्लसको बिक्री वितरणमा रोक लगाइएको छ। 
 
बेइजिङको इन्टेलेक्चुअल प्रपर्टी बोर्डले एप्पलले आइफोन सिक्स र सिक्स एस प्लसमा शेनजेन बाइलीको डिजाइन पेटेन्ट उल्लंघन गरेको बताएपछि कम्पनीले यी दुई मोडलको बिक्री रोक्नु परेको हो।
 
बाइलीको १००सि स्मार्टफोनको पेटेन्ट उल्लंघन गरेको बताइएको छ। 
 
सन् २०१४ मा लन्च गरिएका यी दुई फोनका बारे एप्पलले अपिल गरेको र हाल बिक्री भने भइरहेको बताएको छ।
 
एप्पललाई चीनमा केही समयदेखि थुप्रै समस्या आइरहेको छ। गत महिना मात्रै एप्पलले लेदरका मोबाइल एसोसरिजको चिनियाँ कम्पनी ‘आइफोन’ सँग नामको पेटेन्ट मुद्धा हारेको थियो। त्यस्तै अप्रिलमा एप्पलको आइबुक र आइट्यून्स मुभिज चीनमा बन्द गरिएको थियो। 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.