-->
ए प्लस ग्रेडमा उत्तिर्ण जुम्ल्याहा दिदीबहिनीको जिपिए पनि समान, बधाईको ओइरो
Advertisement


खोटाङ, असार ५– खोटाङमा जुम्ल्याहा दिदीबहिनीले ‘ए प्लस’ ग्रेडमा एसएलसी उत्तिर्ण गरेका छन् । दिक्तेल नगरपालिका–५ का जुम्ल्याहा दिदी एलिसा घिमिरे र बहिनी एलिना घिमिरेले समान ३.७५ जिपिए ल्याएका छन् ।
दिक्तेलको दिक्तेल अंग्रेजी आवासीय उच्च माध्यमिक विद्यालयबाट एसएलसी दिएका दिदीबहिनीले समान अंकसहित ‘ए प्लस’ ल्याएपछि बधाई दिनेको ओइरो लागेको छ । उनीहरुले संस्थागत विद्यालयको तर्फबाट जिल्लामानै सबैभन्दा बढी अंक ल्याएर एसएलसी उत्तिर्ण गरेको दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापक एलपी घिमिरेले दाबी गर्नुभयो । प्राध्यपक घिमिरे जुम्ल्याहा दिदीबहिनीका बुवा हुनुहुन्छ ।स्रोत:उज्यालो अनलाइन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.