बझाङ, असार ५ - उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालमा धर्म निरपेक्षता र संघीयता आवश्यकता नरहेको दावी गर्नुभएको छ ।
केही ठुला दलहरुले नागरिकको भावना र मर्म विपरित संघीयता र धर्म निरपेक्षता लादेको उहाँले बताउनुभयो । तर उहाँ धर्म निरपेक्षता र संघीयतासहितको संविधानलाई स्वीकार गर्दै त्यहिँ संविधान अनुसार बनेको सरकारमा उपप्रधानमन्त्री हुनुहुन्छ । धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताका कारण नेपालीको वास्तविक पहिचान र राष्ट्रियता संकटमा परेको बताउँदै राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले यसको संरक्षण गर्नु सबै नेपालीहरुको दायित्व भएको उल्लेख गर्नुभयो । बझाङको सदरमुकाम चैनपुरमा भएको कायक्रममा उहाँले योजना बद्ध ढंगले सांगठनिक रुपमा सोझा साझा नागरिकलाई लोभ र भ्रममा पारेर धर्म परिवर्तन गराउने अभियान चलेको आरोप उहाँले लगाउनुभयो ।
सनातन धर्मको रक्षाको लागि राप्रपा नेपाल सधैं अघि रहने बताउँदै उहाँले केही विदेशी शक्तिको आडमा नेपालको सनातन धर्ममाथि प्रहार गरी धर्म सिध्याउने खेल भईरहेको आरोप लगाउनुभयो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...