-->
सागकी स्वर्ण विजेता निमालाई स्काउटको एक लाख रूपैयाँ पुरस्कार
Advertisement

नेपाल स्काउटले १२ औं सागकी स्वर्ण विजेता निमा घर्तीमगरलाई एक लाख रुपैयाँसहित सम्मान गरेको छ।

नेपाल स्काउटले आइतबार आफ्नो ६४ औं स्थापना दिवसको अवसर पारेर उसुकी स्वार्ण विजेता निमालाई एक लाख रुपैयाँसहित सम्मान गरेको हो। युवा तथा खेलकुद्मन्त्री सत्यनारायण मण्डल र नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले सम्मानपत्र र एक लाख रुपैयाँको चेक प्रदान गरे।

स्काउटले निमालाई प्रशंसनीय आचरण पदक पनि दिएको छ। निमालाई सम्मानपत्र र पदक वितरण गर्दा मन्त्री मण्डल भावुक भए। उनले निमालाई सरकारका तर्फबाट गणतन्त्र दिवसका दिन मानपदवी प्रदान गर्न नसकेकामा दुःख व्यक्त गरेका थिए। उनले आफूले सिफारिस गरेपनि गृह मन्त्रालयका उच्च पदस्थ अधिकृतले निमाको नाम काटेर आफ्नो नाम समावेश गरेको भन्दै कर्मचारी प्रशासनमा आफू मात्र मोजमस्ती गर्ने प्रवृत्ती रहेको बताए।

नेपाल स्काउटले निमासँगै संविधान र स्काउटको झण्डासहित सगरमाथाको आरोहण गरेका झापाका अनिष लुईंटेललाई पनि एक लाख रुपैयाँसहित सम्मान गरेको छ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.