-->
३६ जना नक्कली डाक्टरलाई काठमाडौं जिल्ला अदालत लगियो
Advertisement

असार ५, २०७३- नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई काठमाडौं जिल्ला अदालत बबरमहल लगिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले न्यायिक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौं लगेको हो।

आइतबार बिहान ब्युरोले नक्कली प्रमाणधारी ३६ जनालाई जिल्ला अदालतमा उपस्थित गराएको हो । जसमा काठमाडौंबाट समातिएका १५ जना छन् भने पोखरा, चितवन, ललितपुर, विराटनगर लगायतका ठाउँबाट समातिएका डाक्टरहरु रहेका छन् ।

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार उनीहरुले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेका थिए ।

सिलवालका अनुसार पक्राउ पर्ने ३६ मध्ये ३० जना पुरुष र ६ जना महिला नक्कली डाक्टर छन् ।
 
ब्युरोले उच्च माध्यामिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलको सहयोगमा नक्कली पमाणपत्र छानविन 'अपरेसन' सुरु गरेको थियो ।

यसअघि पनि ब्युरोले १९ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो जसमा १८ जना धरौटी बुझाएर रिहा भएका थिए । १ जना मानसिक विचलन भइ उपचाररत छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.