एजेन्सी । अफगानिस्तानको उत्तर र उत्तरपूर्वी प्रान्तमा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको कारबाहीको क्रममा ४४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।अफगान गृह मन्त्रालयद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
यस कारबाहीको अवधिभर सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको जनाइएको छ । उत्तर र उत्तरपूर्वी अफगानिस्तानमा सक्रिय रहेका तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा भने कुनै टिप्पणी गरेका छैनन् ।
यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा इस्लामिक आतङ्ककारी विरुद्ध गरिएको कारबाहीको क्रममा ३७ आइएसका आतङ्ककारी मारिएका प्रान्तीय गभर्नरले मङ्गलबार जानकारी दिएको छ ।
अफगान सैनिक र प्रहरीको सहभागीतामा कोट जिल्लाको खोलगाई, जनजाल घोन्दाई र सिपी इलाकामा भएको यस कारबाहीको क्रममा अन्य ४४ आइएस आतङ्ककारी घाइते भएका पनि सो स्रोतले जानकारी दिएको छ ।
उक्त संयुक्त सुरक्षाबलले आइएसले विस्फोटका लागि योजना गरी राखेका ४० भन्दा बढी बारुदी सुरुङ्ग पनि निष्क्रिय बनाएका छन् ।यस कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहति नभएको जनाइएको छ ।(light Nepal)



0 comments
प्रतिक्रिया दिनुहोस्...