ज्योतिषशास्त्रका अनुसार -यस्तो योगले बनाउँछ
मान्छेलाई धनी
हरेक व्यक्ति धनवान र समृद्द हुन चाहन्छ तर भाग्यले
जसलाई साथ दिन्छ उही मात्र धनी बन्छ।
हरेक व्यक्ति धनवान र समृद्द हुन चाहन्छ तर भाग्यले जसलाई
साथ दिन्छ उही मात्र धनी बन्छ। ज्योतिषशास्त्रमा
यस्तो योगलाई यसरी बताइएको छ। यस्तो योग कुनै पनि
व्यक्तिको कुण्डलीमा भएमा एक न एक दिन भाग्य चम्केर
व्यक्ति धनवान बन्न सक्छ। तपाईको जन्म कुण्डलीमा पनि
यस्तै योग छ कि ?
ज्योतिषशास्त्रका अनुसार जसको जन्म कुण्डलीमा बुध
कन्या वा मिथुन राशिमा पाचौं घरमा र मंगल एवं चन्द्रमा
एघारौं घरमा हुन्छ, उसको कुण्डलीमा धन योग बन्छ र सो
व्यक्ति धनवान बन्न सक्छ साथै धेरै मात्रामा धन सञ्चय
गर्न पनि सक्षम हुन्छ।
शनि महाराज कुण्डलीको पाँचौं घरमा मकर वा कुम्भ
राशिमा भएको बेला बुध, मंगल सँग एघारौ घरमा भएमा
योग शुभ तथा राम्रो हुन्छ। यस्तै योग कन्या र तुला राशि
हुनेको कुण्डलीमा पनि हुन सक्छ।
मेष राशि भएका व्यक्तिको कुण्डलीमा सूर्य, सिंह
राशिमा र मंगलको साथ चन्द्रमा एघारौं घरमा बसेको
स्थितिमा धन योग हुन सक्छ।
जसको जन्म कुण्डलीमा सूर्य लग्न स्थानमा बसेको छ, अनि
पाँचौं वा सातौं स्थानमा गुरु बसेको छ भने सो व्यक्ति
धनवान बन्न सक्छ। यस्ता योग भएका व्यक्तिले विवाह
पछि झन उन्नती गर्दछन।
शनि कुंभ वा मकर राशिमा पहिला, चौथा, पाचौं तथा
सातौं स्थानमा भएमा आर्थिक दृष्टिले शुभ मानिन्छ तर
सातौं घरमा बसेको शनि ले वैवाहिक जीवनमा भने असर
गर्न सक्छ।
जसको कुण्डलीमा शुक्र तुला वा वृष राशिमा बसेको हुन्छ
र गुरु धनु वा मिन राशिमा भएमा शुभ लक्षण मानिन्छ।



0 comments
प्रतिक्रिया दिनुहोस्...