-->
टर्कीको व्यस्त विमानस्थलमा आक्रमण : ३२ जनाको मृत्यु, धेरै घाइते
Advertisement


असार १५ – टर्कीको राजधानी स्थानबुलमा रहेको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण तथा अन्धाधुन्ध गोली प्रहारका कारण ३२ जनाको ज्यान गएको छ । 
युरोकपको सबै भन्दा व्यस्तमध्य एक स्थानबुलको विमानस्थलमा तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोटका कारण कम्तिमा ३२ जनाको ज्यान गएको हो । घटनामा ६० भन्दा धेरै घाइते भएका छन् । 
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए । 
आक्रमण योजनाबद्ध रुपमा भएको देखिने अधिकारीलहरुले बताएका छन् । आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ । सरकारी अधिकारीले नागरिकलाई विमानस्थल वरपर नजान आग्रह गरेका छन् । 
गएको वर्ष सरकार स कुर्द चरमपन्थीबिचको युद्ध विराम भंग भएपछि टर्कीमा यसकिसिमका आक्रमण हुँदै आएका छन् । विमानस्थलमा भएको आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट आइएसको संलग्नता हुन सक्ने अनुमान गरिएको छ । 
टर्कीका राष्ट्रपति रिसेप टयिप एर्डोगानले आक्रमणको निन्दा गर्नु भएको छ । उहाँले आतंकवाद विरुद्ध संयुक्त अभियानका लागि आह्वान गर्नु भएको छ । 
यस्तै अमेरिकाले आक्रमणलाई जघन्य अपराध भन्दै टर्कीलाई सहयोग गर्न तयार रहेको बताएको छ । जर्मनीले पनि आक्रमणको निन्दा गरेको छ । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.