नयाँ दिल्ली, १५ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले हिमालको उचाइ समान तीब्र रुपमा विकास अघि बढाएको आफ्नो देशले हेर्न चाहेको बताएका छन् ।
दुईपक्षीय भ्रमणमा २०७१ भदौमा नेपाल आउँदा उनले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले तयार पारेको नयाँ आयाम नयाँ दिशामा कूटनीतिको दुई वर्ष नामक ई–पुस्तकमा राखिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
हरेक मुलुकसँगको सहकार्य र घटनालाई जोडेर राखिएको उक्त पुस्तकमा नेपालसँगको सम्बन्धसमेत दुई पृष्ठको छुट्टै च्याप्टरका रुपमा छ ।
नेपाल–भारत सम्बन्ध हिमाल र गंगाको जस्तै पुरानो रहेको मोदीको अभिव्यक्तिसमेत त्यसमा छ ।
छिमेकीसँगको सम्बन्धलाई जोड दिइएको उक्त पुस्तकमा अफगानिस्तान र भुटानपछि नेपाललाई राखिएको छ । यसलाई परराष्ट्र मन्त्रालयले भारतको सकारात्मक पक्षका रुपमा लिएको छ ।
‘असोजमा जारी संंविधानले नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा स्थापित भएको छ । यसैले नेपालको बहुपक्षीय संवैधानिक लोकतन्त्र बलियो हुँदै गएको छ’, पुस्तकमा उल्लेख छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...