-->
भोलिबाट भारतबाट ग्यास आपुर्ति रोकिँदै, नेपालका उद्योगहरु पनि बन्द हुने
Advertisement

सोमबार, ६ असार
काठमाडौं । लामो समय नाकाबन्दी भोग्न बाध्य आम नेपालीलाई फेरि ग्यासको समस्या पर्ने देखिएको छ । भोलिदेखि भारतबाट नेपालमा हुने ग्यासको आपूर्ति रोकिने भएको छ । ग्यास सिलिन्डरमा लापरवाही गर्ने एचपी ग्यासलाई गरिएको कारवाहीको विरोधमा ग्यास उद्योगीहरुले ग्यासको आयात रोक्ने जन विरोधी निर्णय गरेका छन् ।hunea
नेपाल एलपी ग्यास उद्योग संघले आफू अन्तरगतका उद्योगहरुलाई निर्देशन जारी गर्दै ग्यास नल्याउन निर्देशन दिएको हो । संघले नेपाल आयल निगमसँग नयाँ ग्यसका लागि पीडीओ नभर्न उद्योगहरुलाई निर्देशन दिएको छ ।
पीडीओ ग्यास उद्योगीले भारतीय आयल कर्पोरेशनसँग ग्यास किन्न नेपाल आयल निगममा जम्मा गर्ने अग्रीम भुक्तानीबापतको रकम हो । एउटा उदोगले एउटा पीडीओका लागि आयल निगममा १३ लाख रुपैयाँ जम्मा गर्नुपर्छ । यो रकम निगमले भारतीय आयल कर्पोरेशनलाई तिर्छ । अब उद्योगहरुले पीडीओ नभरेसम्म नेपालमा ग्यास आपूर्ति रोकिने निश्चित भएको हो ।
सिलिन्डर बिष्फोटको घटनापछि एचपी ग्यासको पीडीओ रोकेको विरोरधमा संघले कुनै उद्योगले पीडीओ नै नभर्ने निर्णय गरेका हुन् । अब केही दिन उद्योगहरुमा आजसम्म आएका र बाटोमा रहेका बुलेटबाट उद्योग चल्नेछन् । त्यसपछि भने उद्योग बन्द हुनेछ ।
उद्योगले पीडीओ नपाउँदा एचपीको सिलिन्डर प्रयोगकर्ताले ग्यास नपाउने स्थिति बनेको हो । आवश्यक छानबिनविनै कारबाही गरिएको भन्दै उद्योगीहरु सरकार विरुद्ध उत्रीएका हुन् ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले एचपीको पीडिओ रोक्ने निर्णय अन्यायपूर्ण भएको बताउँदै भारतबाटै ग्यास नल्याउने बताए ।
७ जेठमा ललितपुरको पाटनमा एचपीको सिलिन्डर पड्केर ३ जनाको मृत्यु भएपछि आपूर्ति मन्त्रालयले २ जेठमा पीडीओ रोक्का गर्ने निर्णय गरेको थियो ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.