असार ६, २०७३- अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिबानी आतंकवादीले गरेको आत्मघाती बम विष्फोटमा सुर्खेतका एक युवा घाइते भएका छन् ।
त्यहाँस्थित क्यानेडियन दुतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत वीरेन्द्रनगर आवास क्षेत्रका अमृत रोकाया क्षेत्री घाइते भएका हुन् । पाँच महिना अघि उनी बिदामा घर आएका थिए ।
अमृतका साथी लोकेन्द्रराज शाहीले संयुक्त अरब इमिरेट्सबाट दिएको जानकारी अनुसार उनी खतरामुक्त छन् । उनको टाउको, अनुहारमा चोट लागेको छ । घटनामा १४ नेपालीको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...