-->
अफगानी अस्पतालको बेडबाट अमृतको परिवारलाई सन्देश- म ठीक छु, घर फर्कँदैछु
Advertisement

काठमाण्डौँ । सँधै झैँ सोमबार बिहानै ड्युटीका लागि निस्केका थिए उनीहरु। काठमाडौँतिर चल्ने नेपाल यातायातको जस्तो सुनौलो र सेतो रङ्गको मिनी बसमा चढेर नेपाली सुरक्षागार्डहरु क्यानाडेली दूतावास जाँदै थिए।
पिडी ९ को बनाए एरियामा बस गुड्दै गर्दा अकस्मात् ठूलो विस्फोट भयो। १४ नेपाली नागरिकको ज्यान गयो। एउटै बसमा भए पनि भाग्यले बचे अमृत रोकाया क्षेत्री।
अमेरिकी समाचार एजेन्सी एपीसँग कुरा गर्दै अस्पतालको बेडमा रहेका क्षेत्रीले परिवारलाई सन्देश दिए- ‘म मेरो परिवारलाई भन्न चाहन्छु, म ठीक छु। म घर फर्कनेछु।’
एपीले टाउकोमा ब्यान्डेज बाँधिएको अवस्थामा रहेका अमृतको फोटो पनि सार्वजनिक गरेको छ। अमृतसहित पाँच जना नेपाली आक्रमणमा घाइते भएका छन्।
अफगानी आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरु चढेको एउटा मिनिबसलाई लक्षित गर्दै बिहान ५ बजेर ४० मिनेटमा आत्मघाती आक्रमणकारीले विस्फोट गराएका थिए।विस्फोटमा १४ नेपाली नागरिकको मृत्यु भएको र नौ जना घाइते भएका थिए।
जुमएनपीबाट


Advertisement 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.