-->
माओवादी विग्रिनुको मलाई दोष दिनु अन्याय :प्रचण्ड
Advertisement

६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुनुको दोष नेतृत्वलाई मात्रै दिइए आफूमाथि ठूलो अन्याय हुने बताएका छन् । माओवादीलाई आफूले ठूलो दलदलमा फस्नबाट जोगाएको भन्दै उनले आफ्नो योगदानलाई पूरै बेवास्ता गर्न नमिल्ने बताए ।

पार्टीका नेता लेखनाथ न्यौपानेले लेखेको ‘कोमामा कोरस रोल्पादेखि सिंहदरबारसम्म’ नामक पुस्तकको सोमबार काठमाडौंमा सार्वजनिक गर्दै प्रचण्डले परिवर्तनका लागि आफूले सामाजिक अभियन्ताका रुपमा ठूलो योगदान गरेको र ढिलो चाँडो त्यसको सही मूल्यांकन हुनेमा आफू आशावादी रहेको बताए ।

परिवर्तनलाई निस्तेज पार्ने भयानक षडयन्त्र भइरहेको भन्दै उनले षडयन्त्रकारीहरु सफल भए समाजमा जनयुद्ध, विद्रोह र क्रान्तिको भावना बढेर जाने बताए ।

माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी आन्दोलन कमजोर हुनुका कारणबारे पुस्तकमा बयान गरेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.