बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णयबाट लियोनल मेसी पछि हट्ने विश्वास व्यक्त गरेका छन्।
कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पराजित भएपछि सोमबार २९ वर्षीय खेलाडी मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।
मेसीले सन्यासको घोषणा गरेपछि अर्जेन्टिनी राष्ट्रपतिदेखि लिजेन्ड डिएगो म्यारोडोनासम्म व्यक्तिहरुले सन्यासको निर्णयबाट पछि हट्न आग्रह गर्दै आएका छन्।
मेसीका बार्सिलोनाका टिममेट स्वारेजले रेडियो टेनफिल्डसँग कुराकानी गर्दै भनेका छन्,‘म विश्वस्त छ मेसीले आफ्नो निर्णय पुनर्विचार गर्नेछन्।’
‘मेसीलाई बुझ्ने हो भने यो दुःख र असहायपनको एक क्षणमा उनले भनेको पक्कै हो। यो निर्णय उसले लिए यो फुटबलका लागि लाजमर्दो हुनेछ, तर म ढुक्क छु उनले फेरि सोच्नेछन् र आफ्नो निर्णय परिवर्तन गर्नेछन्,’ स्वारेजले भने।
‘यो धेरै अप्ठ्यारो समय हो। सवैलाई अधिकार छ निर्णय लिन र उनीहरुलाई सम्मान गरिनुपर्छ,’ स्वारेजले भनेका छन्।



0 comments
प्रतिक्रिया दिनुहोस्...