-->
भूकम्पको प्रकोप बारम्बार खेप्दै आएको जापानले नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्पपछि आर्थिक, नैतिक, भौतिक सहयोग गर्दै आएको छ । भूकम्पपछिको पुनर्निर्माणका सम्बन्धमा पनि जापानीको गहिरो रुचि छ । जापानको योकोहामा सहरमा रहेर त्यहाँको प्रकोप रोकथाम योजना विभागका कार्यकारी निर्देशक रहेका योसिआकी हिसामात्सु अहिले नेपालमा छन् । नेपालका इन्जिनियर र कर्मचारीलाई भूकम्पको जोखिम रोकथाम गर्ने गरी कसरी भवन निर्माण गर्ने भन्ने जापानी अनुभव सुनाउन आएका उनले नयाँ पत्रिकाका पर्शुराम काफ्ले सँग मंगलबार भूकम्पको जापानी अनुभव र नेपालप्रतिको दृष्टिकोण यसरी सुनाए : काठमाडौंको भवन भूकम्पपछि धेरै नै बिग्रियो भन्ने खबर पायौँ । विभिन्न देशबाट सहयोग पुर्याइएको पनि थाहा भयो । हामी पनि भूकम्प गइरहने मुलुकका हिसाबले यसमा चासो बढ्नु स्वाभाविकै हो । म वैज्ञानिक वा इन्जिनियर होइना, कर्मचारी (पब्लिक सर्भान्ट) हुँ । सहरको सबैभन्दा नजिक कर्मचारी हुन्छ, त्यही कारण काठमाडौं महानगरपालिकाका कर्मचारीलाई अनुभव सेयर गर्न म आएको हुँ । जापानी अनुभवले भन्छ कि पुनर्निर्माणका लागि कर्मचारीहरूको प्राविधिक क्षमता बढाउनुपर्छ । हामीले जापानमा के–के गर्यौँ भन्ने बुझाउन नेपालमा आएको हुँ । अहिले म विभिन्न तप्कासँग यही विषयमा अन्तरक्रिया गरिरहेको छु । ००० म पहिलोपटक म काठमाडौं आएको हुँ । आउनासाथ बागदरबार, वसन्तपुर गएँ । भूकम्पबाट वास्तवमा धेरै क्षति भएछ । मेरो मन धेरै दुख्यो । मैले नहेरुन्जेल यस्तो होला भन्ने सोचेको थिइना । जापानमा एउटा उखान छ– सयचोटि सुन्नुभन्दा एकपटक हेर्नुमा धेरै कुरा थाहा हुन्छ ।’ मैले देखेँ, धेरै भवन र मानवीय क्षति भएछ । भवन भत्किने तरिका पनि एउटै हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । भवन किन भत्कियो भन्ने कुरा बुझ्यौँ भने कसरी बलियोसँग बनाउने भन्ने कुरा बुझ्न सकिन्छ । म यही विषयमा अनुभव बाँड्न आएको हुँ । ००० वास्तवमा कुन स्केलको क्षति भयो भन्ने आधारमा कस्तो पुनर्निर्माण गर्ने भन्ने निधो हुन्छ । जापानमा २०११ मा सुनामी आएको थियो । ठूलो क्षति भयो । पाँच वर्ष बित्दा अहिले बल्ल बाहिरबाट माटो लगेर जमिनको लेभल बढाएका छौँ । जमिनको लेभल बढेपछि सुनामी आउँदा सुरक्षित भइन्छ र कम क्षति हुन्छ भन्ने हाम्रो अनुभवले भन्दै आएको छ । अब बल्ल त्यो ठाउँमा घर बनाउन बल्ल सुरु हुन्छ । किनभने, जापानमा ९ रेक्टर स्केलको सुनामीको असर धेरै नै थियो । अर्को पनि हाम्रो उदाहरण छ । सन् १९९५ मा गएको ठूलो भूकम्पले जापानको सहर नै ध्वस्त भयो । २० वर्षमा बल्ल त्यहाँ पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका लागि लामो समय लाग्ने रहेछ । किनभने, ठूलो स्केलमा क्षति भएको थियो । नेपालमा पनि ठूलो भूकम्प आएको र क्षति ठूलो भएकाले पुनर्निर्माण हतारमा हुँदैन । समय लाग्छ । कसरी पुनर्निर्माण गर्ने ताकि भूकम्प आउँदा असर कम होस् भनेर सोच्ने वेलाचाहिँ अहिले हो । ००० बलियो घर बनाउनुपर्छ भन्ने कुरा चलिरहेको छ । जापानमा पनि, नेपालमा पनि चलिरहेको छ । तर, मेरो विचारमा यो परिणाम मात्रै हो । मुख्य प्रश्न छ– कसरी बनाउने ? यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । जस्तो, हामी मीठो खाने भन्छौँ । तर, त्यो त्यसै बन्दैन । कसरी खाना मीठो बनाउने भनेजस्तै कसरी घर बनाउने भन्ने सोच्नुपर्छ । यसमा सरकारले निश्चित मापदण्ड बनाउनुपर्छ, जसले गर्दा ठूलो भूकम्प आउँदा पनि कम क्षति हुने गरी घर निर्माण गर्न सकियोस् । ००० भूकम्प आएपछि टेबुलमुनि बस्नुपर्छ, खानेकुरा राख्नुपर्छ भन्ने कुरा सही छ । तर, त्यो सबै संरचनामा हुँदैन । नेपालमा हेभी बिल्डिङ छन् । जापानमा काठमिश्रित लाइट बिल्डिङ हुन्छ । हेभी बिल्डिङ भत्किने हुनाले टेबुलमुनि बसेर सुरक्षा हुँदैन । काठका हल्का घरमा मात्रै यो सम्भव हुन्छ । जापानमा यो सही छ, तर हेभी बिल्डिङ भएको ठाउँमा सम्भव छैन । नेपामा भूकम्प जाँदा यो कुरा नजानेर पनि क्षति भयो भन्ने मैले सुनेको छु । ००० जापान समुद्रले मात्रै घेरिएको छैन, नेपालमा भएकाजस्ता पहाडहरू पनि छन् र त्यसबीचमा घनाबस्ती छ । त्यहाँ पनि भूकम्प आएका वेला पहिरो जान्छ, बाढी जान्छ । जापानको पहाडी भेगमा नेपालमा जस्तो पातलो बस्ती छैन, पहाडमै सहर छ । पहाडमाथिको सहर धेरै नै क्षति हुन्छ । नेपालमा त पहाडमा होइन, मैदानमा धेरै बस्ती देखेँ मैले । त्यसकारण, भूकम्प आउँदा नेपालको पहाडमा मानवीय क्षति धेरै हुँदैन । ००० भूकम्प आउनुअघि जापानमा पूर्वसूचना प्रणाली छ । कति गहिराइमा इपिसेन्टर छ भन्ने आधारमा तत्कालै पूर्वसूचना आउँछ । तर, योकोहामा सहरमा नयाँ प्रणाली विकसित भएको छ । त्यहाँ घरको एउटा कोठा पूरै भूकम्पप्रतिरोधी बनाइन्छ । एउटा कोठा यति बलियो बनाइन्छ कि जतिसुकै भूकम्प आए पनि, घरै भत्किए पनि त्यो कोठा केही हुँदैन । एउटा सुरक्षित कोठा बनाउन सरकारले सब्सिडी दिन्छ । मेरो विचारमा यो नेपालका लागि पनि उपयुक्त उदाहरण हुन सक्छ
Advertisement

भूकम्पको प्रकोप बारम्बार खेप्दै आएको जापानले नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्पपछि आर्थिक, नैतिक, भौतिक सहयोग गर्दै आएको छ । भूकम्पपछिको पुनर्निर्माणका सम्बन्धमा पनि जापानीको गहिरो रुचि छ । जापानको योकोहामा सहरमा रहेर त्यहाँको प्रकोप रोकथाम योजना विभागका कार्यकारी निर्देशक रहेका योसिआकी हिसामात्सु अहिले नेपालमा छन् । नेपालका इन्जिनियर र कर्मचारीलाई भूकम्पको जोखिम रोकथाम गर्ने गरी कसरी भवन निर्माण गर्ने भन्ने जापानी अनुभव सुनाउन आएका उनले नयाँ पत्रिकाका पर्शुराम काफ्ले सँग मंगलबार भूकम्पको जापानी अनुभव र नेपालप्रतिको दृष्टिकोण यसरी सुनाए :
काठमाडौंको भवन भूकम्पपछि धेरै नै बिग्रियो भन्ने खबर पायौँ । विभिन्न देशबाट सहयोग पुर्याइएको पनि थाहा भयो । हामी पनि भूकम्प गइरहने मुलुकका हिसाबले यसमा चासो बढ्नु स्वाभाविकै हो । म वैज्ञानिक वा इन्जिनियर होइना, कर्मचारी (पब्लिक सर्भान्ट) हुँ । सहरको सबैभन्दा नजिक कर्मचारी हुन्छ, त्यही कारण काठमाडौं महानगरपालिकाका कर्मचारीलाई अनुभव सेयर गर्न म आएको हुँ । जापानी अनुभवले भन्छ कि पुनर्निर्माणका लागि कर्मचारीहरूको प्राविधिक क्षमता बढाउनुपर्छ । हामीले जापानमा के–के गर्यौँ भन्ने बुझाउन नेपालमा आएको हुँ । अहिले म विभिन्न तप्कासँग यही विषयमा अन्तरक्रिया गरिरहेको छु ।
०००
म पहिलोपटक म काठमाडौं आएको हुँ । आउनासाथ बागदरबार, वसन्तपुर गएँ । भूकम्पबाट वास्तवमा धेरै क्षति भएछ । मेरो मन धेरै दुख्यो । मैले नहेरुन्जेल यस्तो होला भन्ने सोचेको थिइना । जापानमा एउटा उखान छ– सयचोटि सुन्नुभन्दा एकपटक हेर्नुमा धेरै कुरा थाहा हुन्छ ।’ मैले देखेँ, धेरै भवन र मानवीय क्षति भएछ । भवन भत्किने तरिका पनि एउटै हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । भवन किन भत्कियो भन्ने कुरा बुझ्यौँ भने कसरी बलियोसँग बनाउने भन्ने कुरा बुझ्न सकिन्छ । म यही विषयमा अनुभव बाँड्न आएको हुँ ।
०००
वास्तवमा कुन स्केलको क्षति भयो भन्ने आधारमा कस्तो पुनर्निर्माण गर्ने भन्ने निधो हुन्छ । जापानमा २०११ मा सुनामी आएको थियो । ठूलो क्षति भयो । पाँच वर्ष बित्दा अहिले बल्ल बाहिरबाट माटो लगेर जमिनको लेभल बढाएका छौँ । जमिनको लेभल बढेपछि सुनामी आउँदा सुरक्षित भइन्छ र कम क्षति हुन्छ भन्ने हाम्रो अनुभवले भन्दै आएको छ । अब बल्ल त्यो ठाउँमा घर बनाउन बल्ल सुरु हुन्छ । किनभने, जापानमा ९ रेक्टर स्केलको सुनामीको असर धेरै नै थियो ।
अर्को पनि हाम्रो उदाहरण छ । सन् १९९५ मा गएको ठूलो भूकम्पले जापानको सहर नै ध्वस्त भयो । २० वर्षमा बल्ल त्यहाँ पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका लागि लामो समय लाग्ने रहेछ । किनभने, ठूलो स्केलमा क्षति भएको थियो । नेपालमा पनि ठूलो भूकम्प आएको र क्षति ठूलो भएकाले पुनर्निर्माण हतारमा हुँदैन । समय लाग्छ । कसरी पुनर्निर्माण गर्ने ताकि भूकम्प आउँदा असर कम होस् भनेर सोच्ने वेलाचाहिँ अहिले हो ।
०००
बलियो घर बनाउनुपर्छ भन्ने कुरा चलिरहेको छ । जापानमा पनि, नेपालमा पनि चलिरहेको छ । तर, मेरो विचारमा यो परिणाम मात्रै हो । मुख्य प्रश्न छ– कसरी बनाउने ? यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । जस्तो, हामी मीठो खाने भन्छौँ । तर, त्यो त्यसै बन्दैन । कसरी खाना मीठो बनाउने भनेजस्तै कसरी घर बनाउने भन्ने सोच्नुपर्छ । यसमा सरकारले निश्चित मापदण्ड बनाउनुपर्छ, जसले गर्दा ठूलो भूकम्प आउँदा पनि कम क्षति हुने गरी घर निर्माण गर्न सकियोस् ।
०००
भूकम्प आएपछि टेबुलमुनि बस्नुपर्छ, खानेकुरा राख्नुपर्छ भन्ने कुरा सही छ । तर, त्यो सबै संरचनामा हुँदैन । नेपालमा हेभी बिल्डिङ छन् । जापानमा काठमिश्रित लाइट बिल्डिङ हुन्छ । हेभी बिल्डिङ भत्किने हुनाले टेबुलमुनि बसेर सुरक्षा हुँदैन । काठका हल्का घरमा मात्रै यो सम्भव हुन्छ । जापानमा यो सही छ, तर हेभी बिल्डिङ भएको ठाउँमा सम्भव छैन । नेपामा भूकम्प जाँदा यो कुरा नजानेर पनि क्षति भयो भन्ने मैले सुनेको छु ।
०००
जापान समुद्रले मात्रै घेरिएको छैन, नेपालमा भएकाजस्ता पहाडहरू पनि छन् र त्यसबीचमा घनाबस्ती छ । त्यहाँ पनि भूकम्प आएका वेला पहिरो जान्छ, बाढी जान्छ । जापानको पहाडी भेगमा नेपालमा जस्तो पातलो बस्ती छैन, पहाडमै सहर छ । पहाडमाथिको सहर धेरै नै क्षति हुन्छ । नेपालमा त पहाडमा होइन, मैदानमा धेरै बस्ती देखेँ मैले । त्यसकारण, भूकम्प आउँदा नेपालको पहाडमा मानवीय क्षति धेरै हुँदैन ।
०००
भूकम्प आउनुअघि जापानमा पूर्वसूचना प्रणाली छ । कति गहिराइमा इपिसेन्टर छ भन्ने आधारमा तत्कालै पूर्वसूचना आउँछ । तर, योकोहामा सहरमा नयाँ प्रणाली विकसित भएको छ । त्यहाँ घरको एउटा कोठा पूरै भूकम्पप्रतिरोधी बनाइन्छ । एउटा कोठा यति बलियो बनाइन्छ कि जतिसुकै भूकम्प आए पनि, घरै भत्किए पनि त्यो कोठा केही हुँदैन । एउटा सुरक्षित कोठा बनाउन सरकारले सब्सिडी दिन्छ । मेरो विचारमा यो नेपालका लागि पनि उपयुक्त उदाहरण हुन सक्छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.