-->
विमानस्थलमा फेसबुक र ट्वीटर प्रतिबन्धित
Advertisement


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा फेसबुक र युट्युब प्रतिबन्ध गरिएको छ ।

 

अध्यागमनका कर्मचारी कामको समयमा सामाजिक संजालमा मस्त भएका तस्विरहरु सार्वजनिक भएपछि बिमानस्थलमा फेसबुक र युट्युव ब्लक लिष्टमा परेका हुन् ।

 

आगमन र प्रस्थानतर्फका दुबै काउण्टरहरुमा फेसबुक र युट्युब चलाउन नपाइने गरी बन्द गरिएको बिमानस्थल प्रशासनले जनाएको छ ।

 

केही समयअघि पत्रकार भुषणा दाहालले अध्यागमनका कर्मचारी फेसुबक चलाएर बसेको फोटो ट्वीटरमा पोष्ट गरेका थिए । फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यलयले अध्यागमनविभागसँग स्पष्टिकरण मागेको थियो ।


सो विषयमा अध्यागमनले प्रधानमन्त्री कार्यलयलाई स्पष्टिकरण सहित फेसबुक र युट्युव बन्द गराइएको जानकारी दिएको छ ।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.