मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले घटेको छ । सो दिन सुनको भाउ तोलाको ५८ हजार ३ सय कारोवार भएको छ । सोमवार सुन तोलाको ५८ हजार ७ सयमा कारोवार भएको थियो । मंगलवार तेजावी सुनप्रतितोला ५८ हजार ५० रुपैयाँमा कारोवार भएको जनाएको छ ।
डलरको भाउमा उत्तारचढाव आएको कारण सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलवार चाँदी तोलाको ८ सय १५ मा कारोवार भइरहेको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...