-->
‘काबुलमा मारिएकालाई ल्याउन कसैले एक पैसो दिएको छैन’
Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा गत साता मारिएका नेपालीको शव र घाइते ल्याउन कसैले पनि एक पैसो नदिएको बताएका छन् ।

६ दिनपछि खुलेको संसद् बैठकलाई बुधबार सम्बोधन गर्दै प्रम ओलीले सरकारको तदारुकताका कारण तत्काल जहाज पठाएर त्यहाँबाट मृतक र घाइतेलाई ल्याउन सफल भएको बताए । 
‘काबुलमा मारिएका १३ जना नेपालीको शव ल्याउन वैदेशिक रोजगार र अन्य कुनै कम्पनीले पैसो दिएको कुरा अफबाह हो’, उनले भने, ‘१० हजार डलर त के एक पैसो पनि सरकारले लिएको छैन । जहाज पठाएर ल्याउने सबै खर्च सरकारले बेहोरेको हो, कोही भ्रममा नपरे हुन्छ ।’

गत साता सोमबार बिहान काबुलमा तालिवानले आत्मघाती आक्रमण गर्दा मारिएका १२ नेपाली, १० जना घाइते र २४ जना अन्य युवालाई सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाएर ल्याएको थियो ।

विस्फोटमा घाइते भइ केही दिनपछि ज्यान गुमाएका अर्का नेपाली युवालाई पनि सरकारकै पहलमा नेपाल ल्याइसकिएको छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.