-->
बेलौरीको हाटबजार बन्यो सहबास स्थल, युवायुवतीको भीड
Advertisement

कञ्चनपुर, १३ असार । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीको खुला मञ्चको पूर्वपट्टि रहेको हाटबजार क्षेत्र उछ्रिङ्खल युवाहरुको नसा सेवन गर्ने र यौनकर्मीका लागि सुरक्षित स्थलका रुपमा परिणत भएको छ ।
विगत केहि वर्ष अगाडी बेलौरी हाटबजारलाई नमूना हाट बजारका रुपमा चिनाउने अभिप्राय बोकी यस क्षेत्रका सकृय विकासवादी व्यक्तिहरुको पहलमा बधशाला सहित निमार्ण गरिएको हाटबजार क्षेत्रमा साँझ परे देखि मध्यरात सम्म उछ्रिङ्खल युवाहरुले नसालु पदार्थ सेवन गर्ने र यौनकर्मीका लागि सुरक्षित यौनसम्पर्क गर्न मिल्ने स्थलका रुपमा चिनिन थालेको छ ।
केही समय अगाडी सम्म बेलौरीमा रहेको पार्क पनि यस्तै कार्यका लागि बढी प्रयोग हुने गरेको थियो । तर पछिल्लो समयमा बेलौरी नगरपालिकाको कार्यालय भवन र उद्यान निमार्ण हुन थालेकाले त्यहाँ हुने कार्य हाटबजार क्षेत्रमा हुन थालेको र यस्ता कार्यलाई तत्काल बन्द गरी सभ्य समाज निमार्णमा अग्रसर हुनुपर्नेमा महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक ढुङ्गानाले बताउनु भयो ।
बेलौरी हाट बजारको नजिकै इलाका प्रहरी कार्यालय पनि छ । तर इलाका प्रहरी कार्यालयलाई त्यतातिरको कुनै ध्यानै छैन । चाडवाडका बेलामा निकै सकृय सुरक्षा निकाय अरु समयमा बेखबर बन्ने गरेको विगत लामो समयदेखि खेलकुदका कार्यमा सकृय युवा तेज बहादुर चन्दले बताउनु भयो । खुला मञ्चसंगै जोडिएको उक्त हाटबजारमा निमार्ण गरिएको बधशाला प्रयोग नगरी बजार र आसपासका क्षेत्रमा अव्यवस्थित तरिकाले पशुपंक्षिहरुको मासु बिक्री गर्ने गरेकाले दुर्गन्ध फैलिएको पशु क्वारेन्टाइन चेक पोष्ट बेलौरीका प्रमुख धनन्जय जोशीले बताउनुभयो ।
गत चैत महिनामा निड्स कञ्चनपुर, कारितास नेपाल र बेलौरी नगरपालिकाको सहकार्यमा बेलौरी हाटबजारलाई पुनः सञ्चालन गर्न भनी यस क्षेत्रका सकृय युवाहरु लागे पनि व्यवस्थापकिय पक्षले चाँसो नदिँदा बेशाख देखि उक्त हाटबजार बन्द अवस्थामा छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद दिवान सिंह बिष्टले बेलौरी हाट बजारलाई व्यवस्थापन गर्न आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउँदै राजनीतिक दलसंग जोडिएका यस क्षेत्रका केही अराजक तत्वहरुले व्यक्तिगत फाइदा हुने नदेखेर हाटबजार व्यवस्थापन गर्न नदिएको आरोप लगाउनुभयो ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.