
Advertisement
|
वि.सं. २०७३ साल असार १४ गते। मंगलबार। इश्वी सन् २०१६ जुन २८ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– अष्टमी, ८:३४ बजेउप्रान्त नवमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesखर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मेहनतले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। चिताएको कामले राम्रै लाभ दिलाउनेछ भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनाले समय उत्साहजनक रहनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न अवसर प्राप्त हुनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काममा बाधा पुग्नेछ। ढिलासुस्तीले अवसर गुम्न सक्छ। मेहनत गर्दा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। समग्रमा दिन उत्साहपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा र्इर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने अवसर पाइनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। मनग्य धन आर्जन हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तर, अनावश्यक वादविवादमा परिने समय छ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।



0 comments
प्रतिक्रिया दिनुहोस्...