-->
अब नेपालमै बोन म्यारो ट्रान्सप्लान्ट (के हो बोन म्यारो ट्रान्सप्लान्ट ?)
Advertisement

021204-N-0696M-180 Georgetown University Hospital, Washington, D.C. (Dec. 4, 2002) -- Surgeon Dr. Hans Janovich performs a bone marrow harvest operation on Aviation Electronics Technician 1st Class Michael Griffioen. The procedure consists of inserting a large-gauge syringe into an area of the hip and extracting the bone marrow.  It is transfused into the recipient, and helps to recreate and replenish T-cells and the white and red blood cells killed while undergoing chemotherapy. Griffioen is assigned to the Pre-commissioning Unit Ronald Reagan (CVN 76) and was matched with an anonymous cancer patient through the Department of Defense Marrow Donor Program.  U.S. Navy photo by PhotographerÕs Mate 2nd Class Chad McNeeley.  (RELEASED)

काठमाडौं – सरकारले नेपालमै बोन म्यारो ट्रान्सप्लान्ट गर्ने तयारी गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले आगामी छ महिनाभित्र कुनै एक सरकारी अस्पतालमा
बोन म्यारो ट्रान्सप्लान्ट गराउने अत्याधुनिक उपकरण  जडान गर्ने निर्णय गरेको हो । नयाँ वानेश्वरस्थित सिभिल अस्पतालले बोन म्यारो ट्रान्सप्लान्टका लागि तयारी यसअघि नै सुरु गरेको छ ।

के हो बोन म्यारो ट्रान्सप्लान्ट ?

– डा. विशेष पौड्याल, रक्त रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ

रगतको रोग विभिन्न प्रकारका हुन्छन् । रगतको रोग निदानका लागि बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, त्यस्तो होइन । रोगको प्रकृति हेरी कुनै रोगलाई औषधि चलाउनुपर्छ भने कुनै रोगलाई बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ । बोनम्यारो प्रत्यारोपणलाई चिकित्सकीय भाषामा ‘होमाटोपोएटिक स्टेम सेल’ भनिन्छ । स्टेम सेलले रगतको सम्पूर्ण कोष निमार्ण गर्छ । होमाटोपोएटिक स्टेम सेल बोनम्यारोमा हुन्छ र एकदमै थोरै मात्रामा रगतमा पनि हुन्छ । पहिले–पहिले स्टेम सेल बोनम्यारोबाट मात्र झिकिने हुनाले यसलाई बोनम्यारो प्रत्यारोपण भनियो, तर अहिले सेल सेपरेटर मेसिनको सहयोग र एक विशेष किसिमको औषधिको प्रयोगबाट रगतबाट नै स्टेम सेल निकाल्न सकिन्छ । बोनम्यारोबाट स्टेम सेल झिक्न मानिसलाई बेहोस बनाउन पर्छ भने मेसिनबाट झिक्न बेहोस बनाउनुपर्दैन । रोगको प्रकृति हेरी कसैलाई बोनम्यारोबाट झिकिएको स्टेम सेल दिइन्छ भने कसैलाई रगतबाट झिकिएको दिइन्छ ।

 
बोनम्यारो प्रत्यारोपण जटिल प्रक्रिया हो । धेरै रोगमा प्रत्यारोपण गर्नुअघि रोगलाई औषधिद्वारा नियन्त्रणमा राख्नुपर्छ । यसरी नियन्त्रणमा राखिसकेपछि एकदमै ‘हाइ डोज’ केमोथेरापी दिइन्छ । जसले बिरामीको क्यान्सर कोष र रक्त मासिकालाई नष्ट गरिदिन्छ । त्यसपछि मात्र पहिले जम्मा गरिएको स्टेम सेल वा दाताबाट झिकिएको स्टेम सेल रगत दिएको जस्तै गरेर प्रत्यारोपण गरिन्छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि बिरामीले धेरै कुरामा ध्यान पु¥याउनुपर्छ । प्रत्यारोपणपछि बिरामीलाई प्रत्यक्ष असर पार्ने संक्रमण ग्राफ्ट भर्सेस होस्ट डिजिज (जीभीएचडी) नै हो । एक पटक प्रत्यारोपण गरिसकेपछि बिरामीलाई रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम गर्न एकदेखि दुई वर्षसम्म लाग्छ ।

 

साथै रोगको प्रकृतिअनुसार रोग प्रतिरोधात्मक क्षमतालाई प्रत्यक्ष असर गर्ने औषधि खानुपर्ने हुँदा संक्रमणको सम्भावना बढी हुन्छ । बिरामीलाई साधारण ब्याक्टेरियाको संक्रमणदेखि जटिल किसिमका भाइरल वा फङ्गल इनफेक्सन हुनेगर्छ । दाताको स्टेम सेल बिरामीको शरीरमा प्रत्यारोपण गर्दा दाताका लिम्फोसाइटहरू पनि रगतसँगै बिरामीको शरीरमा पुगेर बिरामीलाई हानी पु¥याउने गर्छ । त्यही प्रक्रियालाई जीभीएचडी भनिन्छ । जीभीएचडी एकदमै धेरै मात्रामा भए बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ ।

 

बोनम्यारो प्रत्यारोपण गर्ने दाताबारे पनि धेरै जिज्ञासा पाइएको छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि दातालाई केही पनि हुँदैन । यो प्रक्रिया रगत दान गरेजस्तै हो । बोनम्यारो प्रत्यारोपण गर्दा दाता र बिरामीको रक्त समूह मिल्नुपर्छ भन्ने छैन । दाता र बिरामीको एचएलए टाइप (विशेष प्रकारको रगतको जाँच) गरिन्छ र दुवैको एचएलए मिल्यो भने प्रत्यारोपण गरिन्छ । आफ्नै सहोदर दाइ, भाइ, दिदी, बहिनीको एचएलए मिल्ने सम्भावना २५ प्रतिशत हुन्छ भने अन्यको मिल्ने सम्भावना एक प्रतिशत हुन्छ ।

 

नेपालमा पहिलाको तुलनामा रगतका रोग बढेको छ । धेरैजसो रोगमा बोनम्यारो प्रत्यारोपण आवश्यक पर्दैन । तर एप्लास्टिक एनिमिया, थालासेमिया क्यान्सरको प्रकृति हेरी रगतका केही क्यान्सरलाई प्रत्यारोपण आवश्यक पर्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.