राष्ट्रिय सम्पदाको सुचीमा रहेका विभिन्न प्रजातीका कछुवा तथा चराचुरुङगी बेचबखिन गर्ने दुई जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा वन ऐन २०४९ विरुद्ध कछुवा तथा चराचुरुङ्गी बेचबिखन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको पटना घर भई काठमाडौको सामाखुसी बस्ने ३५ वर्षे महमद उसमान र भारतकै पटना घर भई काठमाडौंको पानिपोखरी बस्ने ३० वर्षे छोटु भन्ने महमद उसमान रहेका छन् ।
महमद उसमानबाट एक सय ९ वटा कछुवा र लववर्ड नाम गरेका एक सय ६२ वटा चराहरुसहित उनलाई पक्राउ गरिएको हो । उनीले सामाखुशस्थित नरेश शाहीको घरमा कछुवा बेचविखन गर्ने गरेको गोप्य सूचनाका आधारमा केन्द्रिय अनुसन्धान ब्युरोले बिहिबार पक्रेको हो ।
त्यस्तै अर्का छोटुबाट एकसय १६ वटा चरासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राय परेका ति चराहरु विभिन्न प्रजातिका छन् ।
जसमा ककातिल चरा ४ वटा, फिन्च चरा ८४ वटा, बजरिजर चरा २५ वटा, जावा चरा २ वटा, लववर्ड चरा ६ वटा, सुगा चरा(१० वटा, फेन्सि परेवा २८ वटा, बट्टाइ चरा १० वटा, मैना चरा १ वटा, बिनियक चरा ६ वटा र ३ वटा खरायो पनि छन् ।
पक्राउ परेका दुबै जनालाई कानूनी कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाईएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...