काठमाडौं, १३ असार । आफ्नो जुत्ताको तूना अर्कोलाई प्रहरी जवानलाई लगाउँन लगाएका सशस्त्र प्रहरी महानिरिक्षक दूर्ज कुमार राईले आफूले गल्ति गरेको स्वीकार गरेका छन् ।
एक अनलाईनमा आएको उक्त समाचारपछि उनले फोन गरेर आफूले गल्ति गरेको र गल्ति अनुसार सजायँ खान तयार भएको बताएका हुन् ।
‘म सामन्त होईन । गाउँबाट ढिडो खाएर आएको व्यक्ति हुँ,’ राईले टेलिफोनमा भने, ‘मेरो गल्ति भयो । म के हुन्छ सजाय खान तयार छु ।’
उनले आफूले कुनै पनि सिपाहीलाई नहेपेको समेत बताए । ‘मैले कसैलाई हेपेको छैन म बसेको बेला उसले मेरो खुट्टामा हात हालेछ,’ उनले भने, ‘ म दुख भोगेर आएको मान्छे हुँ । कसैको छोरी समातेर हिँडेको छैन ।’
राईले अबदेखि यस्तो गल्ति नगर्ने समेत बचनबद्धता गरेका छन् । ‘मेरो ढाडमा समस्या छ, यो भनेर त पाईँदैन होला तर मैले गल्ति स्विकारेको छु,’ उनले भने, ‘अबदेखि यस्तो गर्दिन । अब म सिपाही पनि राख्दिन ।’
आफूले दण्डित अपराध भने नगरेको उनको भनाई छ । ‘मैले कुनै दण्डित अपराध गरेको होईन,’ उनले भने, ‘मेरो दशा लागेको रहेछ ।’
यसअघि राईले आफ्नो जुत्ता तुना लगार्ईएको बारे थाहा नभएको बताएका थिए ।
शनिबार चन्द्रागिरीमा मन्दिरको दर्शन गर्न गएका राईले आफ्नो जुत्ताको तुना सिपाहीलाई लगाउन लगाएका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...