-->
राजेन्द्र महतो र अख्तियार प्रमुख बीच रहस्यमय सम्बन्ध रहेको खुलाशा
Advertisement

१० असार, महोत्तरी । राजेन्द्र महतोका अकुत सम्पत्तिका बारेमा मधेसमा धेरै ठूलो चर्चा र विरोध छ । उनलाई कार्वाही गर्न अधिकार पाएको राज्यको निकायले उनको सम्पत्तिको स्रोतका बारेमा छानविन नभएकोमा पनि यस क्षेत्रका जनता आक्रोसित छन् ।
मधेस आन्दोलनको नेतृत्व गरिरहेका राजेन्द्र महतोको सम्पत्तिका बारेमा अख्तियारले आँखा चिम्लेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीप्रति प्रति नै मधेसमा प्रश्नचिन्ह खडा भएको छ । दोहोरो नागरिकता भएका राजेन्द्र महतोको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवादास्पद नागरिकताका साथै आर्थिक अपचलन गरेको भन्दै पटकपटक उजुरी परेको छ तर अनुसन्धान र कार्वाही भएको छैन् ।motko

२०६४ साल अघिसम्म सामान्य हैसियतमा रहेका महतो र उनको परिवारका नाममा सिद्धार्थ बैंकमा ५० प्रतिशत शेयर छ भने महतोले भीमसेनगोलामा एक रोपनी जग्गामा सात करोड भन्दा बढी खर्च गरी अलिसान महल निर्माण गरिसकेको उनका आफन्त बताउँछन् । उनले आफ्ना परिवारका सदस्यका नाममा जनकपुरको मुरलीचोकमा तीन विघा घडेरी खरिद गरिसकेका छन् भने वर्दिवास महोत्तरीमा पाँच कट्ठा जग्गा खरिद गरेका छन् ।
पैत्रिक सम्पत्ति शुन्य बराबर रहेका महतोले छोरा राधवेन्द्र महतोको नाममा बल्खुमा शिबशक्ति नामको हस्पिटल निर्माण गरेका छन् ।
पत्रकारलाई केही वर्षअघि दशैंमा खाममा पैसा दिएकोमा थुप्रै संचारकर्मीले नलिएको र यसका विरुद्ध अख्तियारमा उजुरी दिइएको थियो तर त्यसबारेमा पनि अख्तियार मौन रह्यो ।


Advertisement

1 comments

Akhtiyar ma ujuri parepachhi tyo manchhe sanga Karki ji le rakam maag garnu hunchha ani tyo diyiyo vane tesko birudh ko appeal dustbin ma janchha natra tesmathi karwahi suru huchha. Akhir Prachanda lai Karodau diyera yo paad ma pugepachhi lagani ta uthaunai paryo ni.

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.