-->
मोदीको सुरक्षामा यति धेरै कमाण्ड, बमले पनि उडाउन नसक्ने कार
Advertisement

modi

काठमाडौं, १४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा संसारकै शक्तिशाली राष्ट्र जतिकै संख्याको कमाण्ड खटिने गरेको पाइएको छ ।

भारतीय पत्रिका दैनिक जागरणका अनुसार मोदीको सुरक्षामा विभिन्न घेरामा एक हजारभन्दा बढी कमाण्डो तैनाथ भइरहेको छ । यो आँकडा भारतका अहिलेसम्म प्रधानमन्त्रीमा सबैभन्दा उच्च हो ।

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहभन्दा मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मी कमाण्डो नै धेरै छ । जब मोदी बाहिर हिड्छन् तब विभिन्न घेरामा सुरक्षा हजार भन्दा बढी कमाण्डो उनको सुरक्षामा तैथान हुन्छन् ।

Modi-car

मोदी नेपाल आउँदा पनि आफ्ना सुरक्षाकर्मीका साथ आएका थिए । त्यसका अलावा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले पनि राजधानी काठमाडौंमा विभिन्न घेरालाई मोदीलाई सुरक्षा दिएका थिए ।

समाचार अनुसार मोदी बुलेटप्रुफ बीएमडब्ल्यू ७ कार चढ्छन् । जसमा बम हान्दा पनि कुनै असर पर्दैन् । उनी जब पैदल यात्रा तब उनका अगाडि पछाडी सादा पोशाकमा एनएसजीका थुप्रै कमाण्डो तैनाथ हुन्छन् ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.