-->
युरोकपमा रोनाल्डोसँग सेल्फी खिच्ने फ्यान कारबाहीबाट जोगिए
Advertisement

असार १४ – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग जारी युरोकपमा सेल्फी खिच्ने एक युवकलाई गर्न लागिएको कारबाही नगर्न पोर्चुगलले भनेपछि ति युवक सजायबाट जोगिएका छन् । 
युरोपेली फुटबल संघ युइएफएले गर्न लागेको कारबाही रोनाल्डो, पोर्चुगल र स्वतन्त्र अनुशासन निकायले नगर्न आग्रह गरेपछि ति युवक कारबाहीबाट जोगिएका हुन् ।  

अष्ट्रेलियासँग जुन १८ मा भएको खेलमा पोर्चुगलले बराबरी रोकिएपछि ति युवक दौडदै मैदानमा गएर रोनाल्डोसँग सेल्फी खिचेका थिए । यसरी आफ्नो फ्यान दौडदै आफूसँग सेल्फी खिच्न आएपछि रोनाल्डाले पनि खुसी हुँदै सेल्फी खिचेका थिए ।   

त्यस्तै त्यही दिन भएको खेलमा बेल्जियमले आयरल्याण्डमाथि ३–० को जित निकालेपछि बेल्जियमका समर्थकले अभद्रव्यवहार गरेकाले बेल्जियमलाई पाँच हजार युरो जरिवाना गरिको  छ । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.