-->
दुःखको घडीमा नेपाल सरकारलाई सहयोग गर्न लागिरहेका छौंः मोदी
Advertisement

अफगानिस्तानको राजधानी काबुलमा तालिबानी आत्मघाती आक्रमणमा नेपाली मारिएको विषयामा चासो व्यक्त गर्दै  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःखको घडीमा नेपाल सरकारलाई सहयोग गर्न लागिरहेका बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा मोदीले दुःखको यस घडिमा आवश्यक सहयोग गर्न कदम चालिएको बताएका हुन्।

सोमबार बिहान तालिबान आक्रमणकारीले आत्मघाती हमला गर्दा क्यानडियन राजदूतावासमा सुरक्षा गार्डका रुपमा काम गर्ने १४ नेपालीको मृत्यु भएको थियो। उनले यसअघि काबुल अाक्रमणको निन्दा गर्दै घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

 

 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.