काठमाडौं, असार ६ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफागानिस्तानको काबुलमा भएको आक्रमणमा परि नेपालीको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
We strongly condemn the horrible tragedy in Kabul. Our deep condolences to people & Govts of Afghanistan & Nepal on loss of innocent lives.
— Narendra Modi (@narendramodi)June 20, 2016
प्रधानमन्त्री मोदीले ट्वीट गरेर काबुल आत्मघाती आक्रमणमा १४ जना नेपाली सुरक्षागार्डको ज्यान गएको प्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले नेपाल र अफगानिस्तान सरकारप्रति समवेदना प्रकट गर्नुभएको छ । यो दुःखद समयमा नेपाललाई सबै किसिमको सहयोग गर्न आफूहरु तयार रहेको प्रधानमन्त्री मोदीले बताउनुभएको छ ।
काबुलमा सोमबार बिहान तालिबान बिद्रोहीले आत्मघाती बम विस्फोट गराउँदा १४ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ । घटनामा पाँच जना नेपाली तथा चार जना अफगानिस्तानका नागरिक घाइते भएका छन् ।




0 comments
प्रतिक्रिया दिनुहोस्...