-->
कांग्रेसले बजेट पास हुन नदिएपछि प्रम आक्रोशित...... देश विकास गर्ने हाम्रो अभियानलाई कसैले पनि रोक्न सक्दैन्ः प्रधानमन्त्री ओली
Advertisement

काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको उद्देश्य देश विकास गर्ने भएको बताउनुभएको छ ।
मदन भण्डारी स्मृति भवनको नाममा निर्मित नेकपा एमालेको ललितपुर जिल्ला पार्टी कार्यालय भवन उद्घाटन गर्नुहुँदै उहाँले देश विकास गर्ने उद्देश्यका साथ आफूले काम गरिरहेको जानकारी गराउनुभयो ।sandaina
आफ्नो दल सरकार टिक्ने या नटिक्ने चिन्तामा भन्दा पनि देशलाई कसरी सवलरुपले अघि बढाउने भन्ने अभियानमा लागेको चर्चा गर्दै उहाँले यो अभियानलाई कसैले पनि रोक्न नसक्ने दाबी गर्नुभयो ।
कांग्रेस र माओवादी तर्फ संकेत गर्दै भन्नुभयो- केही दलले संसद अवरुद्ध गरेर बजेट रोक्ने प्रयत्न गरिरहेका छन् । अर्काेतर्फ सरकार परिवर्तनका लागि जोडतोडका साथ लागेका छन् । म भन्न चाहन्छु हामी जबसम्म सरकारमा रहन्छौं तबसम्म हामीलाई देशको विकास गर्न कसैले रोक्न सक्दैन् ।’
जननेता भण्डारीको ६५औं जन्मजयन्तीको अवसरमा आज आयोजित समारोहमा उहाँले यस भवनबाट स्व भण्डारीका विचार, उद्देश्य र शैलीसहित जनताको बहुदलीय जनवाद अघि बढाउन सहयोग पुग्ने बताउनुभयो ।
नेता भण्डारीको जनताको बहुदलीय जनवाद दराजमा थन्क्याएर राख्ने पुस्तक मात्र नभइ देश विकासका लागि मार्गदर्शकको रुपमा अघि बढाउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सोही विचारधारा अङ्गालेको एमाले आज यति ठूलो दल बन्न सकेको हो भन्नुभयो ।
dainiknepal



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.