-->
‘हत्या’अघि मदन भण्डारी र दाहालबीच गम्भीर छलफल गर्ने तय भएको थियो ?
Advertisement

काठमाडौं, असार १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताएकी छन् ।



मदन भण्डारीको ६५औं जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्नेमा जोड दिइन् ।

तर, मदन भण्डारीकी पत्नीसमेत रहेकी राष्ट्रपति भण्डारी उनको हत्याको छानबिनको विषयमा भने मौन रहिन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय भण्डारीको जनताको बहुदलीय जनवाद नेपालको मौलिक राजनीतिक विचार भएको दाबी गरे ।

सरकार भूकम्पपीडितको नाममा राजनीति गर्ने पक्षमा नरहेको भन्दै प्रधानमन्त्री ओलीले ‘पुनःनिर्माणको काममा सरकार लागिपरेको छ’–भने ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले स्वर्गीय भण्डारीले बामपन्थी आन्दोलनलाई प्रजातान्त्रिकरण गरेर नयाँदिशा दिएको धारणा राखे ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्व. भण्डारीको ‘हत्या’ हुनुअघि आफूसँग कम्युनिष्ट आन्दोलनकोबारेमा एजेन्डासहित गम्भीर छलफल गर्ने तय भएको जिकिर गरे ।

‘भण्डारीसँगको संवादले ठोसरुप लिन पाएको भए कम्युनिष्ट आन्दोलनमा क्रम भंगता भइ नयाँ दिशा प्राप्त हुने थियो’ भन्ने दाहालको दाबी थियो ।

कार्यक्रममा मदन मण्डारी राष्ट्रिय पुरस्कारबाट ग्रामीण दूरसन्चारका अभियन्ता महावीर पुन र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई सम्मान गरिएको थियो ।

पुरस्कारको राशी जनही १ लाख रुपैयाँ रहेको छ ।image khabar 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.