-->
कारबाहीमा १५ तालिवान आतङ्ककारी मारिए
Advertisement

कुन्दुज अफगानिस्तान, अफगानिस्तनको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार राति आतङ्ककारी विरुद्ध अफगान सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १७ तालिवान आतङ्ककारी मारिएका छन् ।

 
प्रान्तीय प्रहरीले बुधबार सो जानकारी दिएको छ । प्रान्तीय राजधानी कुन्दज सहरको बाहिरी इलाका हजरात ए सुल्तानमा अफगान विशेषबलले जारी राखेकाको यस कारबाहीमा १७ तालिवान आतङ्ककारी मारिनुको साथै अन्य आठ जना तालिवान घाइते भएका सैनिकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा तालिवानका स्थानीय कमाण्डर मुल्लाह नसिमसहित १५ जना मारिएका बताइएको छ ।

यस कारबाहीको क्रममा अफगान विशेष सुरक्षाबलले भारीमात्रामा हातहतियार कब्जा गरेको र सो अवधिभर सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको जनाइएको छ ।

अफगानिस्तानको कुन्दुज प्रान्तमा सक्रिय रहेका तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा भने कुनै टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.