-->
कतारमा अस्पतालबाटै कोहि मुद्दा लड्दै, कोहि आफन्त पर्खिंदै
Advertisement

कतार, असार १५- रोजगारिका लागि कतार पुगेका १५ जना नेपाली लामो समयदेखि हमाद अस्पतालमा उपचार गराइरहेका छन् । कमाउन आइपुगेका उनीहरु दिर्घ रोग र सडक दुर्घटनामा परेर अस्पताल पुगेका हुन् । 

कतिपयको क्षतीपूर्तिका लागि मुद्दा चलिरहेको र कतिचाहिँ आफन्त सम्पर्कमा नआउँदा फर्कन नसकेका हुन् । अस्पतालले नेपाल फर्काएर आफन्तलाई जिम्मा लगाउन पटक पटक ताकेता गर्दापनि आफन्त सम्पर्कमा नआएपछि अस्पतालमै रहन बाध्य भएका हुन् । हमाद अस्पतालले दूतावासलाई पत्राचार गरेर आफन्त बोलाउन आग्रह गरेको छ । 

बाराको बवुएन ७ का खुवलाल ठाकुर १० वर्षदेखि अस्पतालको सैंयामा थलिनु भएको छ । १७ डिसेम्वर २००६ मा हमाद अस्पताल भर्ना हुनु भएका ठाकुरका आफन्त अस्पतालको सम्पर्कमा नगएपछि नेपाल फर्काउन सकिएको छैन । झापाको महेशपुर १ का श्रीबहादुर नेम्वाङ पनि आठ वर्ष देखि अस्पतालमै हुनुहुन्छ ।

दण्डकाली ८ सुर्खेतका हरिवहादुर बस्नेत २४ जुन २०१२ देखि र कटैया १३ बाराका बुनिलाल प्रसाद कुर्मी १९ सेप्टेम्वर २०१४ देखि अस्पतालमै हुनुहुन्छ । रोजगारीका लागि पुगेका उनीहरुले क्षतीपुर्ति पाउन सकेका छैनन् । 

नेपाली दूतावास कतारका अनुसार हरिचौर १ वाग्लुङका गिरीप्रसाद बिकपनि ५ वर्षदेखि हमाद अस्पतालमा उपचार गराइरहनु भएको छ ।  दुर्घटनामा परेका बिकले १ लाख ५९ हजार ८ सय ६० रियाल क्षतीपूर्ति पाउनु भएको छ । त्यसैगरि दांगका भक्त बहादुर रासकोटी मगरपनि दुई वर्षदेखि सोहि अस्पतालमा हुनुहुन्छ । उहाँको अदालतमा मुद्दा चलिरहेको छ । 

नौलाखोरप्रसाहि २ धनुषाका बिन्दे मुखिया विन २७ जनवरी २०१४, ललीत बुढा २४ नोभेम्वर २०१५, भरतराम यादव ९ मार्च २०१५, बिकाश श्रेष्ठ २७ मे २०१५, अनिल कुमार चौधरी १३ सेप्टेम्वर २०१५, सन्तोष कुमार यादव ९ मार्च २०१५ र रेशम गिरी  २५ जनवरी २०१६ देखि हमाद अस्पतालमै हुनुहुन्छ । टेक बहादुर बोहोरा रहेको पनि अस्पतालमा उपचार भइरहेको छ ।

कतार आएको तीन दिनमै बिरामी भएर थला परेका गोरखा सौरपानी ७ का कालु गुरुङ भने मंगलबार नेपाल फर्किनु भएको छ । ५ बर्ष देखि उपचाररत गुरुङलाई मेडिकल टोली सहित अस्पतालले नेपाल फर्काएको हो । उहाँलाई ललितपुरको ग्वार्को स्थित ग्लोबल अस्पतालमा उपचार गरिने भएपछि अस्पतालले नेपाल पठाएको हो । गोरखा सेवा समाजको पहलमा परिवार सम्पर्कमा आएपछि अस्पतालले प्रक्रिया पुरा गरेर उहाँलाई नेपाल फर्काएको हो ।

यस्तै उहाँको उपचारमा हमाद अस्पतालले ५ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने बताएको गोरखा सेवा समाजका अयक्ष सुदर्शन भट्टले जानकारी दिनुभयो ।ujyaalo90 network 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.