आज असार १५ अर्थात 'धान दिवस'। देशभर रोपाईं गरेर एवम् दही च्यूरा खाएर मनाइन्छ। कृषिप्रधान देशमा रोपाईंको छुट्टै महत्व रहेको छ। फिल्महरू पनि यसबाट अछूतो छैनन्। नेपाली फिल्ममा पनि रोपाईंले राम्रै स्थान पाउने गरेका छन्।
दिपाश्री निरौला निर्देशित 'छक्का पन्जा' पनि रोपाईंको दृश्य अटाएको छ। दिपाले फिल्मको एक गीतको सुटिङ् बाँकी रहेको अवस्था असारको मौका पारेर फिल्ममा समाविष्ट 'सुन न चम्पा' बोलको गीतमा अभिनेता दिपकराज गिरी एवम् प्रियंका कार्कीलाई मस्ती गर्न लगाइन्।

ललितपुरको श्रीकाली चौर मुन्तिरको फाँटमा उनले दिपक र प्रियंकालाई बाउसे र रोपार बनाउँदै गीतमा कैद गरिन्। दिपाले रोपाईंको दृश्य गीतले मागेकाले प्रयोग गरेको बताइन्। गीतलाई कविराज गहतराजले करियोग्राफ गरेका हुन्।

भदौ २४ गते रिलिज हुने फिल्मको यो गीत दर्शकले मनपराउनेमा उनी ढुक्क छीन्। पश्चिम नेपालको भाकामा रहेको गीतलाई फिल्मी शैलीमा ढालिएको छ। दिपका अनुसार 'पूर्व-पश्चिम रेल' जस्तै माया यो गीतले पाउनेमा विश्वस्त छिन्।
Seto pati 









0 comments
प्रतिक्रिया दिनुहोस्...