काठमाडौं – आज असार पन्ध्र । नेपालमा धुमधामसँग धान दिवस मनाइन्छ । हरेक वर्ष झैं बुधबार देशभर विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइयो ।
हेलाको दृष्टिले हेरिने कृषि पेशालाई विस्तारै फरक दृष्टिकोणबाट हेर्ने प्रचलन शुरु हुन थालेको छ । धान दिवसको दिन हिलो खेल्ने, असारे गीत प्रतियोगिता आयोजना, विभिन्न कार्यालय र सिार्वजनिक स्थलमा दही चिउराको भोज आयोजना गर्ने जस्ता परम्परागत र साँस्कृतिक चल चलनलाई पुर्नजागरण दिन थालिएको छ ।
बुधबार ललितपुरका सिद्धिपुरमा आयोजित धान दिवसको कार्यक्रममा सहभागी किसान दाजुभाईहरुले असारे गीत गाँउदै हिलो खेल्दै रोपाई गरे । कार्यक्रममा हाकु पटासी लगाएका स्थानीय महिलाहरु धिमे बाजा बजाउदै धान दिवसको प्ले कार्ड बोकेर खेतको गह्रा गह्रासम्म पुगेका थिए । फोटोपत्रकार अशोक दुलालको आफ्नो लेन्सबाट चिहाउदा देखिएका तस्विरहरु :


0 comments
प्रतिक्रिया दिनुहोस्...