-->
हेल्मेट नलगाई मोटरसाइकल चलाउने कम्बोडियाका प्रधानमन्त्रीलाई जरिवाना
Advertisement

कम्बोडिया प्रधानमन्त्री हुन सेनलाई ट्राफिक नियम उल्लंघन गरेकामा जरिवाना गरिएको छ। प्रधानमन्त्री सेनलाई हेल्मेट नलगाएर मोटरसाइकल चलाएकाले को कोङ प्रान्तको प्रहरीले जरिवाना गरेको हो।

सेनले गतसाता हेलमेट नलगाई मोटरसाइकल चलाएका थिए। उनले गल्ती भएकोमा माफीसमेत मागिसकेको छन्। सेनले ट्राफिक कानुनको धारा ६ उल्लंघन गरेकोले १५ हजार रिइल (३.७५अमेरिकन डलर) जरिवाना तोकिएको हो।

प्रधानमन्त्री सेन जुन १८ मा को कोङ प्रान्त गएका थिए। मोटरसाइकल चलाउने उनको कुनै योजना भने थिएन। कारबाट निस्केपछि उनी मोटरसाइकलमा हेल्मेट लगाई करिब २ सय ५० मिटरसम्म गएका थिए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.