-->
न्युर्योक, लण्डन, हङकङलाई बिर्सिनुहोस्, अब यी सहरहरु बन्दैछन् विश्वकै धनी सहरहरु
Advertisement

अब न्युयोर्क, लण्डन, हङकङलाई विर्सिनुहोस् । यहाँ केही यस्ता सात सहरहरुको  सुची रहेको छ जुन निकट भविष्यमै विश्वकै सबैभन्दा धनी सहरहरु हुने अध्ययनकर्ता बताउँछन् । 

अनुसन्धानकर्ता म्याककिनसेले भनेका छन्,‘सन् २०२५ सम्ममा यी सहरहरुले ठुलो फट्को मार्नेछ । यिनीहरुबिच भएको हालको प्रतिस्पर्धाले पनि यी सहरहरु विश्वबै धनी सहरहरु बन्न अब धेरै समय लाग्ने छैन ।’


१. दोहा, कतार

म्याककिन्सेको अनुमान मान्ने हो भने यो कतार धनी राष्ट्रको सुचीमा परिसकेको छ । यहाँ प्रतिव्यक्ति आय पनि उच्च रहेको छ । सन् २०२२ मा विश्वकप खेलाउने तयारीमा रहेको र यसले पनि देश विकसमा ठुलो प्लसपोइन्ट हुने बताइएको छ ।


२. बर्जेन, नर्वे

नर्वेको दोस्रो चर्चीत सहर हो बर्जेन । आर्थिक हिसाबले हेर्ने हो भने यो सहर अन्य सहरभन्दा अगाडि नै रहेको छ । तर म्याककिन्सेको अनुमानमा यो सहर विश्वकै धनी सहरमा विकसित हुदैछ । नर्वेको उद्योग, पानी जाहाज, तथा मरिन अनुसन्धानका लागि यो सहर केन्द्र रहेको छ ।


३. ट्रोनडेएम, नर्वे


नर्वेकाे सहर ट्रोनडेएम पनि विश्वलाई चुनौती दिदै द्रुतगतिमा विकास भइरहेको छ । मोबाइल टेकको लागि ट्रोनडेएमलाई मुख्य केन्द्रको रुपमा लिइन्छ । यो सहरमा सन् १९८० मा जिएसएम स्टाण्टर्ड इन्भेन्ट गरिएको थियो ।


त्यहाँ रहेका अधिकारीहरुले दिएको जानकारी अनुसार १० हजार कामदारहरु टेक्नोमा काम गरिरहेका छन् । स्थानिय टेकले विश्वभर चर्चा पाइरहेको छ ।


४. ह्वासियोङ, दक्षिण कोरिया

दक्षिण कोरियाको यो सहर खासै चर्चामा रहेको छैन । ग्लोबल रिसर्च सुविधाका लागि हुन्डाइ, सामसुङको लागि यो सहर केन्द्र रहेको छ । किया तथा एलजी इलोक्ट्रोनिक्स प्लान्टहरु यहाँ स्थापना भएका छन् ।


५. असान, कोरिया


छिमेकी सहर ह्वासियोङ, असानमा पनि ठुलो उद्योगहरु रहेका छन् । ग्लोबल सिपिङका लागि यो सहर पनि केन्द्र रहेको छ । यो पुर्व चीनदेखि नजिक रहेको छ ।


६. राइनेरुहर, जर्मनी

राइनेरुहर जर्मनीको धनी सहरमध्येको एक सहर हो । युरोपभरिमै पेरिस र लण्डन पछि यो तेस्रो ठुलो सहर रहेको छ । जर्मनीका धेरै पावरहाउसहरु तथा फाइनान्सहरु यहाँ रहेका छन् । यहाँ ५०० वटा कम्पनीहरु रहेका छन् ।


७. मकाउ, चीन


मकाउ एक उदाहरणिय सहरको रुपमा लिइन्छ । सन् २०२५ सम्ममा यो सहर धनी सहरहरु मध्येमा एक सहर हुनेछ । गएको वर्ष ठुलो आर्थिक संकट परे पनि, सम्हालिने प्रक्रियामा रहेको छ । घाटा परिपुर्ति गर्न यो सहर सक्षम रहेको र अर्को वर्षदेखि सुधारका लक्षणहर देखिने म्याककिन्सेले बताएका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.