-->
प्रधानमन्त्री ओलीले भने जस्तो निर्वाचन असम्भवः नेताहरु
Advertisement


काठमाडौं – प्रमुख दलका प्रभावशाली नेताहरुले एकै स्वरमा राष्ट्रिय सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो कुनै पनि निर्वाचन सम्भव नरहेको दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता डा. प्रकाश शरण महतले प्रमुख दलहरुवीच सहमति नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै संविधान कार्यान्वयनको तालिकामा दलहरुवीच सहमति बन्न सके मात्रै निर्वाचन हुने दावी गरे ।
साक्षात्कारमा उनले भने,‘ संविधान कार्यान्वयमा देखिएका अड्चनहरु समाधानको खाँका प्रस्तुत गरेमात्रै जनताले विश्वास गर्छन । संविधानको कार्यान्वयनमा सहमति गर्न सकिन्छ । दलहरुवीच सहमति नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे जस्तो चुनाव हुन असम्भव छ ।’

Kp oli


डा. महतले निर्वाचन गर्न संविधानको कार्यान्वयनको तालिकामा सहमति गरेर मधेसी र थारु लगायतका असन्तुष्टी समयमै हल गर्नु पर्ने भन्दै अहिले सहमति र कानून निर्माणको लागि छलफल नै नभएको अवस्थामा विना तयारी प्रधानमन्त्रीले निर्वाचनको कुरा गरिरहेको आरोप लगाए ।
उनले भने,‘ निर्वाचनसहित संविधानको कार्यान्वयनमा सरकारको गंभिरता छैन । देशको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार भए राम्रो हुन्छ । त्यो मुलुकको सबैभन्दा ठूलो दल काग्रेसले गर्नु पर्छ । काग्रेसले नेतृत्व नगरेसम्म मुलुकको समस्या समाधान हुँदैन । ’
डा. महतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने विषयमा सहमति हुन नसक्ने ठोकुवा गर्दै काग्रेसको नेतृत्वमा सहमतिको सरकार बने संविधान कार्यान्वयन र निर्वाचनमा सहज हुने दावी गरे ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मुलुकका प्रमुख दलको कार्यभार संविधान कार्यान्वयन भएको उल्लेख गर्दै हिजो संविधान जारी हुँदा एक भएका दलहरु नमिलेसम्म देशको कुनै पनि कार्यभार पुरा गर्न नसकिने ठोकुवा गरे ।
उनले भने,‘ सरकारमा रहेर वा प्रतिपक्षमै रहेर भएपनि संविधान कार्यान्वयनमा मिलेर जान सकिन्छ । मुख्य पार्टी बसेर साझा निष्कर्स निकाल्नै पर्छ नभए हामी असफल हुन्छौ । विगतका घटना फेरि नदोहर्याउने हो भने मिल्नुको विकल्प छैन । नमिले दल, देश र जनता सबै हार्छन ।’
उपाध्यक्ष ज्ञवालीले प्रमुख दलहरु मिले कसैले पनि केही गर्न नसक्ने ठोकुवा गर्दै दलहरु मिल्दा १८ महिनामा स्थानीय, प्रादेशिक र संघीय निर्वाचन सम्भव रहेको दावी गरे ।
नेकपा माओवादी केन्द्रका नेता मणी थापाले राष्ट्रिय सहमतिको सरकार निर्माण नभएसम्म कुनै पनि निर्वाचन सम्भव नरहेको दावी गर्दै संविधान कार्यान्वयन, शान्ति सम्झौता, मधेस आन्दोलन र पुर्ननिर्माण लगायतका विषयमा सँगसँगै सहमति हुनु पर्ने जिकिर गरे ।
उनले भने,‘ हामी कुनै पनि निर्वाचनकोलागि तयार छौ । तर चुनावकोलागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता छ । त्यो नभई समस्या समाधान हुन सक्दैन । सहमतिको सरकार जसको नेतृत्वमा भए पनि हामीलाई स्विकार्य छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले संविधानको स्प्रिट अनुसार अघि बढे बाँकी अवधीमा सबै निर्वाचन सम्भव रहेको दावी गर्दै प्रजातन्त्रप्रति प्रतिबद्ध दलहरु स्थानीय निकायको निर्वाचन गर्न लाग्नु पर्ने बताए ।
उनले भने,‘ चुनाव नहुँदा जनताका समस्या ओझेलमा परेका छन । जनतालाई समृद्ध बनाउने हो भने चुनावमा जानुको विकल्प छैन । ईच्छाशक्ति भए चुनाव हुन्छ कोही बाधक बन्ने हो भने हुँदैन ।’
गिरीले सहमतिको सरकारको कुरा निर्दलीय ब्यवस्थामा मात्रै हुने भन्दै बहुदलीय प्रतिष्पर्धाबाट बनेको सरकारलाई उसको जिम्मेवारी पुरा गर्न दिनु पर्ने तर्क गरे ।
उनले भने,‘ सहमतिको कुरा निर्दलीय ब्यवस्थामा हुन्छ । बहुदलीय ब्यवस्थामा सहमतिको कुरा हुँदैन ।’
नयाँ शक्तीका नेता देबेन्द्र पौडेलले संविधान निर्माण गर्दा छुटेका विषयहरुमा सहमति गरेमात्रै चुनाव हुन सक्ने भन्दै विधि, प्रक्रिया पुर्याएर निर्वाचनमा जानु पर्ने र आफूहरु त्यसकोलागि तयार रहेको स्पष्ट पारे ।
उनले संविधान लागु गर्ने मार्गचित्र प्रष्ट नहुँदासम्म निर्वाचन गरेपनि दोहोर्याएर गर्नु पर्ने अवस्था आउने दावी गर्दै अहिले प्रतिपक्ष समस्या समाधान भन्दा पनि सुतेर बसेको आरोप लगाए ।
पौडेलले आगामि निर्वाचनमा नयाँ शक्ति अहिलेका स्थापित दल भन्दा पनि बलियो भएर निर्वाचनमा उत्रने बताए


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.