नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रिय स्वाधिनताको रक्षा र जनजीविकाका समस्या हल गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको भन्दै त्यसका लागि तयारी गरेर बन्दुक उठाउने घोषणा गरेका छन्।
क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले सोमबार काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटनका क्रममा जनवादी क्रान्तिविना जनताको जीवनमा परिवर्तन नआउने भन्दै त्यसका लागि पार्टीले बन्दुक उठाउने गरी कार्यदिशालाई समृद्ध पार्ने बताए। उनले बन्दुक उठाउनुपूर्व क्रान्तिका लागि लामो तयारी गर्नुपर्ने बताए। उनले क्रान्तिको बाटो लामो र कठिन रहेको भन्दै त्यसका वाबजुद् बन्दुक बोक्नका लागि तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिए।
क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले क्रान्ति गर्न कठिन भएजस्तै सुखसयल गर्नेहरुको पनि भविष्य राम्रो नरहेको बताए ।उनले नेकपा माओवादी केन्द्रमा गएका रामबहादुर थापाको समूहप्रति लक्षित गर्दै सुखसयलको बाटो रोज्नेहरुको भविष्य क्रान्तिको बाटो रोज्नेहरुको भन्दा झनै चुनौतिपूर्ण रहेको बताए। क्रान्तिकारी माओवादीले वहुमत भन्दा बढी केन्द्रीय सदस्य नेकपा माओवादीमा गएको ठीक एक महिनापछि राष्ट्रिय भेला गरेको हो । भेलामा देशभरका पार्टी प्रतिनिधि सहभागी छन्।



0 comments
प्रतिक्रिया दिनुहोस्...