-->
क्यान्सर, कोलेस्ट्रोल, मुटुरोग लगायतका समस्याहरुबाट छुटकारा पाउन अदुवा सेवन गर्नुहोस्, थप जानकारीका लागि यो लिंकमा जानुहोस्
Advertisement

भान्सामा सहजै पाइने अदुवालाई हामीले मसलाको रुपमा प्रयोग गर्ने गरेको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । चपाउँदा केही पीरो तथा नमिठो स्वाद भएको यो अदुवा मानव स्वास्थ्यका लागि बरदान हो भन्ने कुरा हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ । आज डिसीनेपाल तपाईहरुलाई अदुवा सेवन गर्नाले हुने फाइदाहरुका बारेमा जानकारी गराउँदै छ ।
अदुवामा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन तथा भिटामीन लगायतका धेरै पोषक तत्वहरु लुकेको हुन्छ । साथै, यो एउटा शक्तिशाली एन्टीभाइरल पनि हो । यसले पाचन प्रणालीलाई समेत बलियो बनाउने काम गर्छ । यसलाई काँचो, सुकाएर वा तरकारीमा प्रयोग गरेर पनि खान सकिन्छ ।
१. भोक जगाउन
नेवार समुदाय लगायतका कतिपय समाजमा अदुवालाई सफा पारेर मसिनो चना पारेर बदाम जस्ता खानेकुरामा साँदेर खाने चलन छ । कतिपयलाई यो अनौठो लाग्न सक्छ तर यसमा आर्युवेदिक गुण लुकेको हुन्छ अनि यसले मानव पाचन प्रक्रिया सहज बनाउने हुँदा आयुर्वेदले पहिल्यै देखि मान्दै आएको सत्यता हो । तसर्थ अदुवालाई मसिनो चिरा पार्नुहोस् र नुन सँग साँदेर आफ्नो खानासँग खानुहोस् । यसले तपाईको भोक जगाउने काम गर्छ ।
२. रुघा खोकी
रुघाखोकी बाट छुटकारा पाउन अदुवाको प्रयोग अति लाभदायक मानिदै आइएको छ । चिसो मौसममा अदुवा राखेको चिया सेवन गर्नाले रुघा खोकी जस्ता समस्याले सताउन पाउँदैन । त्यस्तैगरी कडा खालका रुघा खोकीमा अदुवाका स–साना टुक्रालाई पोलेर खाँदा छिटो लाभ पाउन सकिन्छ । घाँटी बसेको बेला अदुवा र महको मिश्रणयुक्त मन तातो पानी खानले छिटो फाइदा पुग्छ ।
३. पाचन प्रणाली
अदुवाले प्राकृतिक रुपमै पाचकको काम गर्दछ । त्यसैले अपच र विभिन्न पेटका समस्याहरुमा अदुवा लाभकारी हुन्छ । यसले पेटमा ग्यास हुनबाट रोक्छ । तसर्थ कब्जियत भगाउन पनि मद्दत गर्छ ।
४. आकर्षक छाला
बिहान खाली पेटमा मनतातो पानीसँगै एक टुक्रा ताजा अदुवा खानले छाला आकर्षक र चम्किलो बन्छ । साथै अदुवाको सुकेको धुलोलाई लेप बनाएर साताको फरकमा लगाउँदा छाला गोरो र नरम बन्छ । अदुवाले छालालाई मात्र हैन कपाललाई पनि फुस्रो बन्नबाट बचाउँछ र कालो, लामो बनाउन मद्दत गर्दछ ।
५. कोलेस्ट्रोल सम्बन्धी समस्या
शरीरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक भएको खण्डमा मुटुरोग, सुगर र प्रेसर जस्ता समस्याहरु निम्तिने गर्दछ । अदुवाको दैनिक प्रयोगले कोलेस्ट्रोल कन्ट्रोल हुनुका साथै रक्त संचालनमा नियमितता हुन्छ । जसले गर्दा रगत सफा हुने र बोसोले घर बनाउन पाउँदैन । अनि शरीरले पनि अनावश्यक तौल संचय गर्न पाउँदैन । यसका अलावा अदुवामा क्यान्सर प्रतिरोधी क्षमता पनि लुकेको हुन्छ ।
यसका साथै अन्य शारीरिक समस्याहरुबाट छुटकारा पाउन पनि अदुवाको प्रयोग गर्न आवश्यक छ ।
आयुर्वेद चिकित्सकहरुका अनुसार अदुवा एक अचुक ओखती हो । यसले गानो गोलो, अर्थराइटिस्, बाथ, साइटिका, घाँटी तथा हाडछालाका समस्याहरुमा प्रभावकारी हुन्छ । महिलासम्बन्धी समस्याहरु र रक्त विकारमा पनि अति लाभकारी हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.