-->
अष्ट्रेलिया नेपालीको अनुसन्धान उत्कृष्ट - नारायण खडका, अष्ट्रेलिया
Advertisement

असार २, २०७३- अष्ट्रेलियाको एक विश्वविद्यालयमा अध्ययनरत एक नेपालीले खनीज पदार्थले मानिसहरुमा पारिरहेको प्रदुषण र यसको नियन्त्रणका लागि तयार गरेको अनुसन्धान उत्कृष्ट बनेको छ । 



अष्ट्रेलियाको दक्षिण राज्यमा रहेको युनिभर्सिटी अफ साउथ अष्ट्रेलियामा वातावरण बिज्ञान अध्ययन गरिरहेका दमकका रामकृष्ण निरौलाले करिब ३ बर्ष लगाएर उक्त अनुसन्धान गरेका थिए । उनले अनुसन्धानका क्रममा बिभिन्न विरुवा र गडौला र खरायो लगायतका जनावारहरुमा अनुसन्धान गरेका थिए । अनुसन्धानबाट खनीज पदार्थ निकालिएको वा फोहोर फ्याकिएको स्थानबाट उमि्रएका वनस्पति मार्फत उक्त प्रदुषण मानव शरिरमा नै पुन प्रवेश गर्ने उनको अनुसन्धानको निष्कर्ष छ । 

निरौलाले अनुसन्धानका क्रममा अष्ट्रेलियामा पाउने एक विशिष्ट वनस्पति 'अकेसिया' ले खनिज पदार्थ निकालिएको स्थान र फोहोर फ्याकिएको स्थानबाट निस्कने प्रदुषणलाई आफुसागै जमीनमुनि गाडेर राख्ने र वातावरण प्रदुषणलाई पुन मानिसको शरिरमा प्रवेश गर्न नदिने तथ्य समेत बाहिर ल्याएका छन । 'यो लामो समयदेखि भइरहेको अनुसन्धान भएपनि यो तथ्यले खनिज निकालिने स्थान र फोहोर फ्याकिने स्थानमा उक्त वनस्पति लगाउन सकियो भने यसले वातावरण प्रदुषण हुन नदिनुका साथै उक्त प्रदुषण मानवचक्रमा प्रवेश गर्न पाउदैन् ।' यसले भविष्यमा यस कारणबाट हुने प्रदुषण नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्ने उनको दाबी छ । 

साउथ अष्ट्रेलियामा एक कार्यक्रमको आयोजना गरि उनी लगायत बिभिन्न विधामा उत्कृष्ट अनुसन्धान गर्ने फि्ल्ण्डर्स युनिभर्सिटी, एडिलेड युनिभर्सिटी, युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका थप २ गरि १० जनाको अनुसन्धानपत्र सार्वजनिक गरिएको थियो । करिब १ सय अनुसन्धानपत्रमध्येबाट यी अनुसन्धानहरु उत्कृष्टमा छानिएका हुन् ।  


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.