राम्रो कमाई गर्ने भनेर गएका उनीहरुको परिवार अहिले शोकमा डुबेको छ । ज्यान गुमाउनेमा पर्वत कुश्मानगरपालिका–२ स्थायी घर भइ अहिले परिवारसहित काठमाडौंको गोंगुबु बस्दै विदुरबहादुर सुवेदी क्षेत्री र कार्कीनेटा–६ का नविनबहादुर क्षेत्री रहेका छन् ।
गएको महिना छुट्टिमा आएका सुवेदी क्षेत्री जेठ २८ गते अर्थात ११ दिन अघि काबुल पुगेका थिए । चार दाजुभाइ मध्ये साहिँला सुवेदी नेपाली सेनाबाट अवकास प्राप्त गरी सेक्युरेटी गार्डमा रोजगारीका लागि अफगानिस्तान पुगेको छिमेकी चित्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
सुवेदीका दुई छोरा र श्रीमती काठमाडौंको गोंगुबुमा बस्दै आएका थिए । सुवेदीको जन्म गाउँ पाङ पनि शोकमा डुबेको छ । यस्तै नविन क्षेत्री पनि अफगानिस्तान पुगेको ११ दिन मात्रै भएको थियो । कार्कीनेटा गाउँ नविनको निधनको शोकमा डुबेको छ ।
सशस्त्र प्रहरीबाट अवकास पाएपछि नविन २०६५ सालदेखि अफगानिस्तानमा सेक्युरेटी गार्डको रुपमा कार्यरत थिए । उनी बिदामा घर आएर जेठ २८ गतेनै अफगानिस्तान गएका थिए । कार्कीनेटा–६ घरका नविन परिवारका माइला छोरा हुन् । नविनको परिवारमा आमा, श्रीमती र एक छोरी रहेका छन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...